इमान्दार संवाददाता
२४ पटक

काठमाडौं । सरस्वती पुजा मनाएर मुर्ती सेलाउन लाने क्रममा स्कूल बस दुर्घटनाग्रस्त हुँदा अधिकांश केटाकेटी सहित कम्तीमा २९ जनाको ज्यान गएको बताइएको छ।

यो संचार भारतको हो । उत्तरी राज्य हिमांचल प्रदेशमा एउटा स्कूल बस दुर्घटनाग्रस्त हुँदा कम्तीमा २९ जनाको ज्यान गएको अधिकारीहरुले जनाएका छन्। ‌ ज्यान गुमाउनेहरुमध्ये अधिकांश १० वर्ष मुनिका बालबालिकाहरु भएका बताइएको छ। सरस्वती पुजाको मुर्ती सेलाउन जाने क्रममा स्कुल बस दुर्घटना भएको थियो ।

काँगडा जिल्लाको नुरपुर सथित वजीर रामसिंह पठनीय मेमोरियल स्कुलका झण्डै ४० जना विद्यार्थीहरुलिएर गैरहेको बस दुर्घटनाग्रस्त भएको थियो।

एएफपी समाचार संस्थासंग कुरा गर्दै एक स्थानीय प्रहरी अधिकारीले भने, “उक्त स्कूल बस सडकबाट झण्डै २०० फिट तल गहिरो खोंचमा खस्दा २७ जना ‌विद्यार्थी, दुईजना शिक्षक तथा बस चालकको पनि ज्यान गयो।’ उद्धारकर्मीहरु घटनास्थलमा पुगिसकेको जनाइएको छ। अधिकारीहरुले सो दुर्घटनाको कारण पत्ता लगाउन आदेश दिएका छन्।

यस्तै भारतको उत्तर प्रदेश र उत्तराखण्डमा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको संख्या ९२ पुगेको छ । विषाक्त मदिरा सेवनबाट कयौं बिरामी परेका छन् । बिरामीमध्ये ५० जनाको अवस्था गम्भीर रहेको अधिकारीहरुले जनाएका छन् ।

उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । यसअघि गत बिहीबार र शुक्रबारमात्रै भारतको कुशीनगरमा विषाक्त मदिरा सेवनका कारण १० भन्दा बढीको मृत्यु भएको थियो ।

यसैबीच अवैध मदिरा बेचबिखन गरेको अभियोगमा केहीलाई नियन्त्रणमा लिइएको छ । अवैध मदिरा बेचविखनमा कडाइ नगरेको भन्दै १० जना प्रहरीलाई निलम्बन गरिएको छ । गत वर्ष पनि भारतको कानपुरमा विषाक्त मदिरा सेवनका कारण २५ जनाको मृत्यु भएको थियो ।

उता रुसको एक सुदूर क्षेत्रमा भालुको आतंकका कारण आपतकाल घोषणा गरिएको छ । स्थानीय अधिकारीका अनुसार मानव बस्तीमा ठूलो संख्यामा ध्रुवीय भालु प्रवेश गरेका कारण मानिसमा आतंक मच्चिएको छ । स्थानीयबासी घरबाट निस्कनसमेत कठिन हुन थालेपछि आपतकाल घोषणा गरिएको उनीहरुको भनाइ छ ।

उत्तरी रुसको नोभाया जेम्ल्या द्वीपसमूहमा ध्रुवीय भालुको आतंक बढेको हो । शनिबारदेखि सो क्षेत्रमा अनिश्चितकालका लागि आपतकाल घोषणा गरिएको स्थानीय प्रशासनले जनाएको छ । भालुका कारण भएको मानवीय क्षतिको विवरण भने खुलाइएको छैन ।

जलवायु परिवर्तनका कारण ध्रुवीय भालु अत्यधिक प्रभावित भएको विज्ञहरु बताउँछन् । रुसमा यस्ता भालुलाई लोपोन्मुख प्रजातिमा सूचीकृत गरिएको छ । त्यसैले ध्रुवीय भालुको शिकारमा प्रतिबन्ध लगाइएको छ ।

संघीय पर्यावरण एजेन्सीले समेत यी भालुलाई मार्न अनुमति दिन अस्वीकार गर्दै आएको छ । स्थानीय प्रशासनले भालुलाई डराउने, भगाउने प्रयास गरिरहेको भए पनि प्रभावकारी परिणाम निस्कन नसकेको बताइन्छ ।

२०७५ माघ २८ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड