इमान्दार संवाददाता
४७ पटक

काठमाडौँ । प्रहरीले बुटवलबाट सुनका गरगहनासहित एक जनालाई पक्राउ गरेको छ । शनिबार साँझ तिलोत्तमा नगरपालिका वडा नं. ३ ड्राइभर टोलबाट चोरी भएका सुनका गरगहनासहित उनलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय बुटवलले जानेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं. ९ बस्ने ३२ वर्षीय दीपक थापा रहेका छन् । गुल्मी धुर्कोट गाउँपालिका वडा नं. ५ घर भई हाल तिलोत्तमा नगरपालिका वडा नं. ५ बस्ने सुरेश शर्माको कोठाबाट उक्त सुनको गरगहना चोरी भएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक डिल बहादुर मल्लले जानकारी दिए।

प्रहरीले पक्राउ परेका गुरुङको साथबाट ८ तोलाभन्दा बढी सुनका गरगहना बरामद गरेको जनाएको छ। प्रहरीले गुरुङको साथबाट सुनको बाला २ थान, सुनको हार १ थान, चन्द्रमा १ थान, औंठी १ थान, जन्तर १ थान, कालो मालाको पोतेको झुम्का १ थान, चाँदीको सिक्री १ थान र १ थान डिजिटल घडी समेत बरामद गरेको जनाएको छ ।

पछिल्लो समय रुपन्देहीमा सुनका गरगहना चोरी गर्ने गिरोहको बिगबिगी बढेको प्रहरीले जनाएको छ। यसअघि गत हप्ता पत्रकार यमलाल भुसालको तिलोत्तमा नयाँमिलस्थित घरबाट पनि आठ तोलाभन्दा बढी सुनका गरगहना चोरी भएको थियो।

यता, रुपन्देहीको भैरहवाबाट चोरी भएको मोटरसाइकलसहित रुपन्देही प्रहरीले एक जनालाई पक्राउ गरेको छ। गत माघ १८ गते सिद्धार्थनगर नगरपालिका वडा नं. ३ खजहनास्थित सन्तोषकुमार पाठकको घरभित्रबाट चोरी भएको लु २८ प ४९१३ नं. को मोटरसाइकलसहित सिद्धार्थनगर नगरपालिका वडा नं. ३ का २६ वर्षीय विक्रम घर्ती मगरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

यस्तै यता धादिङको गजुरीबाट ३ सय ६० किलो चरेशसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय लागु औषध नियन्त्रण ब्युरोबाट खटेको टोलीले भारतीय कन्टेनरबाट ठुलो मात्रामा चरेश बरामद गरेको हो। प्रहरीले भारत मोतिहारीका गुलाव खान, चालक ओमप्रकाश र सहचालक मुर्फा बलारालाई नियन्त्रणमा लिएको छ।

भारत लैजान लागेको अवस्थामा सो चरेश नियन्त्रणमा लिइएको डिआइजी दिनेश अमात्यले जानकारी दिए। प्रहरीले यसअघि भारत लैजान लागेकै अवस्थामा २ सय ३५ केजी चरेश बरामद गरेको थियो।

२०७५ माघ २७ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड