इमान्दार संवाददाता
१९ पटक

काठमाडौँ । भारतको पश्चिम बंगाल राज्यमा अज्ञात व्यक्तिले गोली प्रहार गरेर एक विधायकको हत्या गरेका छन्।पश्चिम बंगालको सत्तारूढ दल त्रिणमुल कंग्रेसका तर्फबाट निर्वाचित ३८ वर्षीय सत्यजित विश्वासको हत्या भएको प्रहरीले जनाएको छ। विधायक विश्वासको कसले हत्या गरेको हो भन्ने बारेमा अहिलेसम्म यकिन हुन सकेको छैन।

पश्चिम बंगाल राज्यको राजधानी कोलकातादेखि १२२ किलोमिटर टाढा पर्ने नाडिआ जिल्लाको ग्रामीण क्षेत्रमा शनिबार उनको हत्या भएको हो।गोली प्रहार भएको केही समयमै उनलाई नजिकैको अस्पतालमा पुर्‍याइएको भए पनि चिकित्सकहरूले तत्कालै मृत घोषणा गरेका थिए।

सरस्वती पूजाको कार्यक्रममा सहभागी भएको बेला उनीमाथि आक्रमण भएको स्थानीय बासिन्दाले जानकारी दिएका छन्।‘कार्यक्रमका लागि बनाइएको मञ्चमा साँस्कृतिक कार्यक्रम गरिने भएपछि उहाँ तल झर्नु भएको थियो ।

त्यसलगत्तै उहाँमाथि आक्रमण गरी हत्या भयो,’ प्रहरीले जनाएको छ।त्रिणमुल कंग्रेसका जिल्ला अध्यक्ष गौरीशंकर दत्तले विश्वासको हत्याको आरोप भारतीय जनता पार्टीमाथि लगाएका छन्। तर जनता पार्टीले भने उक्त आरोप अस्वीकार गरेको छ।

टीएमसीका जिल्ला अध्यक्ष गौरी शंकर दत्ताले बीजेपीले योजनाबद्ध रुपमा आफ्ना विधायकको हत्या गरेको बताउँछन्, ‘बीजेपीले योजनाबद्ध तरिकाले यो हत्या गराएको हो । सत्यजित र मलाई अतिथिको रुपमा बोलाइएको थियो । व्यक्तगत रुपमा उनी मेरा छोराजस्तै थिए ।

भर्खरै मात्र उनले विवाह गरेका थिए । उनी मुटुआ संघका हिस्सा थिए । त्यसैले बीजेपीले मुटुआ समुदायका मतदातालाई आकर्षित गर्न सकिरहेको थिएन । हामी उनको मृत्युलाई त्यसै खेर जान दिने छैनौँ ।’

सीबीआईको अनुसन्धानमा रहेको चिट फण्ड घोटालामा मुकुल रोय पनि मुख्य आरोपीमध्येका एक हुन् । उनी टीएमसीकै पूर्व नेता र यूपीए सरकारका बेला रेल्वे मन्त्री पनि थिए । उनी २०१७ मा मात्रै बीजेपी प्रवेश गरेका थिए । उनी पश्चिम बंगालमा बीजेपीका स्टार प्रचारकका रुपमा पनि उत्रिएको बताइन्छ ।

बीजेपीले भने मुकुल रोयलाई लागेको आरोपको खण्डन गर्दै घटनाको सीबीआई जाँच हुनुपर्ने माग गरेको छ ।घटनामा मुकुल रोय र अन्य दुई जना आरोपीविरुद्ध उजुरी दर्ता भएको छ । घटना भएको क्षेत्रमा रहेको हंसकाली प्रहरी चौकीका प्रमुखलाई निलम्बन पनि गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

२०७५ माघ २७ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड