इमान्दार संवाददाता
३५ पटक

काठमाडौं । भारतको कन्नौजमा शनिबार अचम्मित गरिदिने घटना सार्वजनिक भएको छ यहाँका एक बेहुलाले जब सुहागरातमा आफ्नी दुलहीलाई देखे तब उनको होस उड्यो । अर्को दिन उनले यसबारे भाउजुलाई बताए तब हंगामा मच्चियो । गाउँमा पञ्चायतपछि महिला पक्षले कान्छी छोरीसँग विवाह गराइदिने बाचा गरेका थिए ।

कानपुर देहात इलाकामा यो घटना भएको हो । यहाँका एक युवकको विवाह मे १३ मा भएको थियो । सुहागरातमा युवकले उनकी श्रीमती ट्रान्सजेन्डर भएको थाहा पाए जसले उनलाई झट्का दिलायो । यो कुरा युवकले गएर आफ्नी भाउजुलाई सुनाए । त्यसपछि केटीपक्षलाई बोलाइयो र मुद्दालाई गोप्य ढङ्गले सुल्झाउने कोसिस सुरु भयो ।

युवकलाई उनका ससुराले उनको दोस्रो विवाह उनकी कान्छी छोरीसँग एक महिनाभित्र गराउने बचन दिए । एक महिना बित्दा पनि विवाह नभएपछि यस घटनाबारे पर्दाफास भएको हो । युवकले पुलिस थानामा यसबारे मुद्दा दर्ता गरेका छन् । पुलिसले दुबै पक्षबिच सम्झौता गर्ने कोसिस गरिरहेको छ ।

उसो त् यस्ता अनौठ घटनाहरु भारतमै बढी हुने गर्छन । केहि दिनअघि मात्रै एक जना भारतीय खेलाडीले आफू आफ्नो विवाहको मण्डपमा दुलहीसँग बसेको बेला मण्डपमा दुलहीलाई एक्लै छोडेर फुटबल खेल्न गएका छन्। दक्षिण भारतको केरला राज्यमा एक दुलहाले मण्डपमा बसेकी आफ्नी दुलहीसँग पाँच मिनेटका लागि समय माग्दै उनलाई छोडेर फुटबल खेल्न गएका हुन्।

केरलामा जारी मलप्पुरम सेभेन एस लिग खेल्दै गरेका फिफा मन्जेरी खेलाडी रिदभानले आफ्नो बिहेको दिनमा मण्डपमा दुलहीलाई छोडेर फुटबल खेल्न गएका हुन्। रिदभानलाई फुटबलको यस्तो नसा चढेको रहेछ कि, यसका लागि उनले फुटबलबाहेक बाँकी सबै छोड्न तयार भए।

मैदानमा गएर रिदभानले आफ्नो टिमलाई जिताए पनि। त्यसपछि उनी विवाहको बाँकी प्रक्रियाका लागि पुनः मण्डपमा पुगे। यसरी दुलहाले बिचमै विवाहको कार्यक्रम रोकेर फुटबल खेल्न गएपछि दुलहीका परिवार तथा आफन्त रिसाए।

त्यसपछि रिदभानलाई विवाहको रात आफ्नो जिन्दगीको सबैभन्दा ठूलो आपत आइलाग्यो। जतिखेर उनकी दुलहीले आफू र फुटबलमध्ये कुनै एकलाई छोड्नुपर्ने भनेपछि उनी समस्यामा परेको भारतीय मिडियाहरूले जनाएका छन्।

जुन समय उनको विवाह भइरहेको थियो ठिक त्यसै बेला सेभेन एस लिग चलिरहेको थियो। त्यतिबेला लिगमा आफ्नो टोलीलाई बचाउन रिदभानको जरूरत थियो। यस्तो स्थितिमा उनले विवाह भन्दा पनि खेललाई प्राथमिकता दिएका थिए।

फुटबलका लागि रिदभानको यस्तो लगाव देखेपछि केन्द्रीय सूचना एवम् प्रसारण राज्यमन्त्री राज्यवर्धन सिंह राठौडले उनको यस्तो कार्यबाट प्रभावित भएको र उनलाई भेट्न चाहेको बताएका छन्। उनले यस्तो खबर सामाजिक सञ्जाल ट्वीटरमा सेयर गर्दै भनेका छन्,‘कस्तो लगाव हो। म उसलाई भेट्न चाहन्छु।’

त्यस्तैत्रै दिल्लीको शकरपुर इलाकामा भइरहेको एउटा वैवाहिक कार्यक्रममा एकाएक बन्दुक पड्केको आवाज आयो र भागदौड मच्चिएको थियो ।

वरमालाको लागि बेहुला बेहुली स्टेजमाथि चढ्दै गरेकाे बेला नचिनेका मान्छेहरुङ्काे एउटा समूहले बेहुलीमाथि गोली चलाएर त्यहाँबाट फरार भयो । गोली लागेर बेहुली गम्भीर घाइते भइन् ।

भारतकाे मंडावलीकी पूजा र गीता कोलोनीका फूल व्यापारी भरतको विवाह बिहीबार राति शकरपुरको एउटा पुरानाे शिव मन्दिर धर्मशालामा भइरहेको थियो । बेहुला बेहुली वरमालाको लागि स्टेजमा पुग्नै लाग्दा कसैले पूजामाथि गोली प्रहार गर्यो । खुट्टामा गोली लागेपछि पूजा स्टेजमा लडिन् र बेहोस भइन् । उनलाई तत्कालै अस्पताल पुर्याइयो ।

त्यो घटना घटेपछि केही समयको लागि वैवाहिक समारोह रोकिएको थियो । तर पूजाको अवस्थामा केही सुधार आएपनि घाइते अवस्थामै दुलाहा दुलहीले सात फेरा लिए । दिल्ली प्रहरीले घटनाको अनुसन्धान गरिरहेकाे बताएकाे छ । स्थानीय प्रहरीका अनुसार गीता कोलोनीमा बस्ने रिन्कु नामका केटाले पूजामाथि गोली चलाएको थियो ।

प्रहरीले आरोपितविरुद्ध आईपीसी को धारा ३२६ र हातहतियार एनकाे धारा २५ अन्तर्गत मुद्धा दर्ता गरेको छ । अर्को प्रसंग पनि पढ्नुहोस्

संसारमा दिनदिनै अचम्म र अनौठा क्रियाकलापहरु भैरहेका हुन्छन् । यस्ता अनौठा कार्यले सामाजिक संजालसंगै मिडामा खुबै स्थानपनि पाउने गर्छन । यस्तै भर्खरै मात्र्र भारत पुनेमा रहेको दौंड भन्ने ठाउँमा रमाइलो दृश्य भाईरल बनेको ।

भारत पुनेमा रहेको दौंड भन्ने ठाउँमा बुधबार दिउँसो एउटा रमाइलो दृश्य देखियो । त्यहाँ एउटा विवाह भइरहेको थियो जुन अरु सामान्य विवाहभन्दा फरक थियो । अरु विवाहमा दुलाहा जन्ती लिएर दुलहीको घर जान्छन् तर यहाँ भने दुलही बुलेट मोटरसाइकल लिएर जन्तीसहित ५ किलोमिटर पर रहेको दुलाहाको घरमा पुगिन् र त्यहीँ बनाइएको मण्डपमा वैवाहिक कार्यक्रम अगाडि बढ्यो ।

दुलही थिइन् दाै‌ न् भन्ने सन्देश दिन यस्तो अलि अनौठो खालकाे काम गरेकाे बताइन् । उनले जन्ती लिएर जानु केटाहरुको मात्र कपिराइट नभएको अव्यिक्ति दिएकी छिन् । कोमल देशमुख दुलहीको भेषमा विवाहका लागि बुलेट मोटरसाइकलमा निस्किँदा वरपरका देख्नेहरुले कुनै शुटिङको दृश्य झै मानिरहेका थिए । उनीहरु सबै चकित परिरहेका थिए ।

पछि उनका बाबुले त्यही बुलेट मोटरसाइकल उनलाई उपहार दिएका थिए ।छोरीले बुलेटमा दुलाहाको घर जाने इच्छा व्यक्त गरेको र त्यसमा दुलाहाका घरतर्फबाट पनि सकारात्मक प्रतिक्रिया आएकाले बुलेट मोटरसाइकलमा जन्ती लिएर दुलाहाको घर जाने व्यवस्था मिलाइदिएको कोमलका बाबुले बताए ।

टलक्क टल्किने बुलेट मोटरसाइकलमा बसेकी कोमलले दुलही रातो पहिरन र कालो चश्मा लगाएकी थिइन् । आफू मोटरसाइकल चलाएर दायाँबायाँ र अगाडिपछाडि दर्जनौं कारहरुको ताँती लगाएर उनी ५ किलोमिटरको यात्रा तय गर्दै दुलाहाको घरमा पुगेकी थिइन् ।

बुलेट माेटरसाइकल लिएर काेमल दुलाहाको घर पुग्दा दुलाहाका छरछिमेकीहरु विवाहको मण्डपमा व्यस्त थिए भने सँगै गएका जन्तीहरु नाच्दै गाउँदै विवाहघर तिर गइरहेका थिए ।दुलही मण्डपमा पुग्दा उपस्थित सबैले दुलही कोमल र जन्तीको भव्य स्वागत गरेका थिए।

२०७५ माघ २७ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड