इमान्दार संवाददाता
७९ पटक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको युवादस्ता युवा संगठन नेपालले बिनाकारण आफ्ना केन्द्रीय सदस्यलाई गिरफ्तार गरेको भन्दै आपत्ति जनाएको छ । ओली नेतृत्व र रामबहादुर थापा ‘बादल’को गृह प्रशासनले आफ्ना केन्द्रिय सदस्य कुबेर र धादिङ जिल्ला अध्यक्ष चट्टानलाई सांगठनिक कामको सिलसिलामा रहेका बेला बिनाकारण गिरप्तार गरी हिरासतमा राखेको भन्दै युवा संगठनले घोर भ्रत्सर्ना समेत गरेको छ ।

युवा संगठन नेपालका केन्द्रीय अध्यक्ष पाटन जंगलीले बिहिबार एक विज्ञप्ति सार्वजनिक गर्दै अभियानको सिलसिला धादिङ्ग पुगेका केन्द्रिय सदस्य कुबेर र धादिङ्ग जिल्ला अध्यक्ष चट्टानलाई बादल प्रशासनले गिरफ्तार गरेको भन्दै तत्काल रिहाइको माग गरेका छन् ।

देशमा भइरहेको भ्रष्टाचार,कमिसन खोर,चर्को करअसुली,महङ्गी र एनसेल लगायत संस्थाहरुले गरेको अरबौको कर छलीका बिरुद्ध आफ्नो संगठन चरणबद्ध संघर्षमा रहेको जानकारी दिँदै उनले विज्ञप्तिमा अगाडि भनेका छन्- ‘संगठनको अभियानको सिलसिला धादिङ्ग पुग्नु भएका केन्द्रिय सदस्य क. कुबेर र धादिङ्ग जिल्ला अध्यक्ष क. चट्टानलाई केपि सरकार र बादल गृह प्रशासनले गिरफ्तार गरेको छ । क. कुबेर लगायत देशका बिभिन्न ठाउँमा गिरफ्तार पर्नु भएका कमरेडहरुलाई बिनासर्त स-सम्मान रीहाइ गर्न जोडदार माग गर्दछौ ।’

कुबेर र चट्टानलाई तत्काल रिहा नगरे र धरपकडका शृङ्खला बढाउदै नागरीकको मौलिक हकको समेत हनन हुँदै गए केपी सत्ताका बिरुद्ध आफ्नो संगठनचरणबद्ध संघर्ष गर्न बाध्य हुने चेतावनी समेत अध्यक्ष जंगलीले दिएका छन् । प्रहरिल्र बुधबार युवा संगठन नेपालका केन्द्रीय सदस्य तथा उपत्यका ब्यूरो सदस्य कुवेर घिमिरे, धादिङ जिल्ला अध्यक्ष चट्टान  र अर्का एक कार्यकर्तासहित ३ जनालाई सिद्धलेक गाउँपालिका पुङ्चुङबाट गिरफ्तार गरेको थियो ।

हेर्नुहोस् विज्ञप्ति

प्रेस विज्ञप्ति

हाम्रो महान तथा गौरब शाली संगठन युवा संगठन नेपालका केन्द्रिय सदस्य कमरेड कुबेर र धादिङ जिल्ला अध्यक्ष कमरेड चट्टानलाई बिनाकारण गिरप्तार गरीयको प्रती हाम्रो संगठन घोर भ्रत्सर्ना गर्दछ ।

यतिबेला देशमा भइरहेको भ्रष्टाचार,कमिसन खोर,चर्को करअसुली,महङ्गी र एनसेल लगायत संस्थाहरुले गरेको अरबौको करछलीका बिरुद्ध हाम्रो संगठन चरणबद्ध संघर्ष गर्दै आयको सबैमा सु-स्पष्ट छ । आज देशमा भ्रष्टाचारलाई संस्थागत गरीएको छ भने जनप्रतिनिधिको नाममा जनतामाथि भएको ज्यादतीलाई दलाल सत्ताले बैधानिकता दिएको छ ।

यो ब्याप्त ब्यथितिका बिरुद्ध जनचेतना जगाउन हाम्रो संगठन देशका बिभिन्न स्थानहरुमा अभियान संचालन गरेको छ । कथित लोकतन्त्रको हवाला दिने केपि प्रचण्डको सरकारले नागरीकको बोल्न, लेख्न र सान्तिपुर्ण रुपमा राजनीति गर्न पाउने अधिकारबाट बन्चित गरेको छ । यसैबिच संगठनको अभियानको सिलसिला धादिङ्ग पुग्नु भएका केन्द्रिय सदस्य क. कुबेर र धादिङ्ग जिल्ला अध्यक्ष क. चट्टानलाई केपि सरकार र बादल गृह प्रशासनले गिरफ्तार गरेको छ । क. कुबेर लगायत देशका बिभिन्न ठाउँमा गिरफ्तार पर्नु भएका कमरेडहरुलाई बिनासर्त स-सम्मान रीहाइ गर्न जोडदार माग गर्दछौ । अन्यथा धरपकडका शृङ्खला बढाउदै नागरीकको मौलिक हकको समेत हनन गर्ने केपि सत्ताका बिरुद्ध हाम्रो संगठन चरण बद्ध संघर्ष गर्न बाध्य हुने छ ।

क्रातिकारी अभिबादन सहित
पाटन जंगली
अध्यक्ष
युवा संगठन नेपाल

२०७५ माघ २४ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड