इमान्दार संवाददाता
६८ पटक

काठमाडौँ । तपस्वीको भेष धारण गरेका रामबहादुर बमजनले आफ्ना आश्रममा बस्ने आनी र चेलाहरूमाथि चलाएको यौनजन्य हिंसा, बलात्कार र हत्याबारे सरकारको धारणा माग्दै नेपाली कांग्रेसका सांसद गगन थापाले संसदमा प्रश्न दर्ता गराएका छन्।उनले गृहमन्त्री रामबहादुर थापालाई सदनमार्फत् यसबारे उत्तर दिन भन्दै सोमबार इमेलमार्फत् प्रश्न दर्ता गराएका हुन्।

विभिन्न सञ्चारमाध्यममा बमजन यौनजन्य हिंसा, बलात्कार र हत्या जस्तो गम्भीर अपराधमा संलग्न रहेको तथ्यहरू सार्वजनिक भएको भन्दै उनले सरकारको धारणा र अनुसन्धान प्रकृयाबारे प्रश्न सोधेका हुन्।’सञ्चार माध्यममार्फत् पीडित पक्षकाअभिव्यक्तिहरू समेत आइरहेका छन्।

यस सन्दर्भमा गृहमन्त्रीज्यूलाई मेरो प्रश्न छ- यसरी खोज अनुसन्धानसहितका समाचारहरू श्रृङ्खलावद्ध रूपमा आइरहँदा यस्तो जघन्य अपराधको घटनाका सन्दर्भमा सरकारको धारणा के छ?’ उनले सोधेका छन्, ‘प्रहरी अनुसन्धान र छानबिनको प्रकृया कहाँसम्म पुगेको छ? र सञ्चार माध्यममा सार्वजनिक भएजस्तो बमजम आश्रमका गम्भीर आपराधिक क्रियाकलाप रोक्न, पीडितहरूलाई सुरक्षा र न्याय प्रदान गर्न सरकार के कस्तो प्रयास गरिरहेको छ? यस सदनमार्फत् यी प्रश्नहरूको उत्तरको अपेक्षा गरेको छु।’

संसदको नियमावली अनुसार यसरी सांसदले दर्ता गरेका प्रश्नको उत्तर मन्त्रीले १० दिनभित्र दिनुपर्छ।एक महिना अघि सेतोपाटीले बमजनको आश्रममा भएको बलात्कार, हत्या र हिंसाको दुष्चक्रबारे स्टोरीहरू गरेको थियो। तिनमा बमजनले आनीहरूमाथि गरेको बलात्कार र यौन शोषणा साथै चेलाहरूलाई दिएको यातनाबारे विस्तृत विवरण मागेका थिए।

यसरी यातन दिँदादिँदै मकवानपुरका सञ्चलाल वाइवाको सिन्धुपाल्चोक आश्रममा ज्यान गएको एक प्रत्यक्षदर्शी पूर्व चेलाले सेतोपाटीलाई बताएका थिए।आश्रमबाट भागेर आएकी गंगामायाले आफूमाथि बमजनले बलात्कार गरेको बताएकी थिइन्।भदौ ३० गते काठमाडौं आइपुगेर बमजनविरूद्ध उजुरी दिन गएकी गंगालाई प्रहरीले बालबालिकाको संरक्षण गर्ने संस्थामा पठाएको थियो।

पछिल्लो ९ वर्षदेखि बमजनकै आश्रमबाट हराएकी सर्लाहीकी रिता बोट, ४ वर्षदेखि हराइरहेका दुई आनी नुवाकोटकी चुन्मो, मकवानपुरकी डोल्मो साथै मकवानपुरकै सञ्चलालका परिवारले त्यसपछि प्रहरीमा बमजनविरूद्ध जाहेरी दिएका छन्।बमजनको आश्रममा हुने अपराधको श्रृङ्खलापछि आफ्ना छोरा सुरेश पनि ४ वर्षयता बेपत्ता भएको भन्दै बाराका हस्तबहादुर आलेमगरले प्रहरीमा जाहेरी दिए।

यी सबै जाहेरीमाथि सिन्धुली, सिन्धुपाल्चोक, मकवानपुर, नुवाकोट, बारा र सर्लाहीका जिल्ला प्रहरी कार्यालयको संयोजन गर्दै सिआइबीको टोलीले अनुसन्धान गरिरहेको जनाएको छ।प्रत्यक्षदर्शीहरूको बयान व्यक्ति मारेर गाडेको भनिएको ठाउँमा उत्खनन लगायतका काम गरेको प्रहरीले जनाएको छ।

मकवानपुरका वाइवालाई कुट्दाकुट्दै ज्यान गएपछि आश्रमभन्दा ३ सय मिटर माथिपट्टीको डाँडामा खाल्डो खनेर गाडेको त्यसपछि नुनका पोका खन्याएको प्रत्यक्षदर्शीले बताएका थिए। उनकै आधारमा उत्खनन् गर्दा प्रहरीले ९ वटा नुनको पोका फेला पारेको थियो। बमजनको आश्रममा अहिलेसम्म बस्दै आएका अर्का अनुयायीले पनि सञ्चलालको हत्या भएको प्रहरीसमक्ष पुष्टि गरेका छन्।

२०७५ माघ २१ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड