इमान्दार संवाददाता
६५ पटक

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहाललाई आइसियुमा राखेर उपचार गरिँदै छ। गत आइतबार रुघाखोकी र ज्वरो आएपछि धापाखेलको उनलाई आइतबार बिहान सुमेरु अस्पतालमा भर्ना गरिएको हो।

उनको उपचारमा संलग्न डाक्टरहरुका अनुसार उनलाई रुघाखोकीका साथै फ्लु देखिएको छ भने स्वास्थ्य स्थिर अवस्थामा छ। उनको उपचारमा डा. युवराज शर्मालगायत चिकित्सक टोली खटिएका छन् । उनलाई संक्रमणको जोखिम नहोस भनेर आइसियुमा राखिएको अस्पतालले जानकारी दिएको छ ।

सीतालाई प्रेसर र सुगरको समेत समस्या छ । छोराको असामायिक निधनपछि उनको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको हो । यसअघि उनलाई भारतका विभिन्न अस्पतालमा पर्‍याएर उपचार गरिएको थियो । यसका साथै उनलाई सिंगापुरमा वाटर थेरापी पनि गरिएको थियो । तर पनि उनलाई निको भएको छैन ।

प्रचण्ड पत्नी सीता लामो समयदेखि वंशानुगत पार्किन्सन रोगका कारण पनि पीडित छन् । चिकित्सकका अनुसार यस्ता बिरामीको गति सुस्त हुने, हातखुट्टा कमजोर हुनेजस्ता लक्षण देखिन्छन् । पार्किन्सन रोगलाई डा कल्याणले यसरी खुलस्त पार्छन् :

पार्किन्सन रोग (Parkinson’s Disease)मा हुने लक्षणहरु:
१. शान्तसँग बस्दा हात, खुट्टा, च्यापु थर-थर काँप्ने (resting tremors)
– कुर्सीमा वा खाटको छेउमा बस्दा हात, खुट्टा, वा च्यापु लग-लग काँप्ने हुन्छ । बिहान उठेदेखि बेलुकी नसुत्दासम्म ( आरामसंग बसेको बेलामा) निरन्तर भइराख्छ ।

प्राय एउटा हात वा खुट्टाबाट मात्र काँप्न शुरु हुन्छ । टाउको (प्राय) काँप्दैन तर रोगले च्याप्दै गएपछि पुरै शरीर हल्लदा टाउको पनि हल्लिए जस्तो हुन्छ । पछिपछि बोल्न पनि अप्ठ्यारो हुँदै जान्छ ।

२. हिड्दा निकै ढिलो हिड्ने (slow movement), हातखुट्टा बाँउडेको (दह्रो वा कस्सिएको) जस्तो हुने(muscle stiffness), सोझो (ठाडो) भएर हिड्दा घरी-घरी धानिन नसकेको जस्तो हुने (unbalanced gait)

– व्यक्तिको हिंडाई पानी भित्र वा खोलामा हिंडे जस्तो, सरासर हिंड्न निकै गार्हो भए जस्तो देखिन्छl उनीहरु हिंड्दा थोरै कुप्रो परेर हिड्छन् र खासै हात हल्लाएर हिँडदैनन् ।
– कपडाको बटन लगाउन, जुत्ताको तोना लगाउन, बत्तिको बल्ब फेर्न, चाबीले ताल्चा खोल्न आदि काम गर्न निकै गाह्रो हुँदै जान्छ ।

३. खानाको स्वाद परिवर्तन हुने ।
– फलफुल, खान वा अरू केहीको गन्ध थाह पाउन निकै गाह्रो हुने हुन्छ ।

४. ३-४ घण्टा निद्रा राम्रोसंग लाग्ने तर त्यसपछि सुत्न नसक्ने त्यसैले दिउसो बढी निन्द्रा लाग्ने । रातमा धेरै छट्पट गरेर सुत्ने।
५. राम्रो खाना र उचित ब्यायाम गर्दा पनि समयमा दिशा नहुने (constipation). पटकपटक पिसाव फेर्न जानुपर्ने ।

६. पहिलेभन्दा कम स्वरमा बोल्ने। धेरै सानो-सानो अक्षर लेख्ने (micrographia)
– Parkinson को बिरामीलाई आफू चर्कै बोलेको जस्तो लाग्छ तर उनीहरु पहिलेको भन्दा धेरै सुस्तो र सानो स्वरमा बोल्ने गर्छन । प्राय घरपरिवार र साथी भाइले मात्र फरक छुट्याउन सक्छन् ।

– चिट्ठी वा लेख लेख्दा अक्षरहरू साना हुँदै जान्छन् । उनीहरूमा स्मरण शक्ति (memory) र धैर्य गर्ने क्षमता (attention span) कम हुन्छ । जसले गर्दा दुईवटा काम (जस्तै दिमागमा केही कुरा एक छिन राख्ने र लेख्ने) एकै पटक गर्न सक्दैनन् ।

त्यसैले लेख्दा लेख्दै अर्को शब्द के लेख्ने भन्ने कुरा मन आएपछि त्यो मनमा आएको कुरा बिर्सिन्छ कि भनेर अहिले लेख्दै गरेको शब्द सानो लेख्छन् । सानो अक्षर लेख्न समय बढी लाग्दैन र अघि सम्झेको कुरा लेख्न भ्याउँछन्। यो कुरा व्यक्ति आँफैलाई यसो गर्दैछु भन्ने थाह प्राय हुँदैन ।

७. कुनै पारिवारिक वा पैसाको चिन्ता बिना पनि चिन्तित जस्तो देखिने वा अनुहारमा immediate reaction नदेखाउने वा आँखा समयमा नझिम्क्याउने, कम हास्ने । (masked face)

– आफू वरिपरी भइरहेको कुराकानी अनुसारको प्रतिक्रिया दिएर अनुहारमा परिवर्तन ल्याउन झट्टै सक्दैनन् । यो अलि पछि रोगले च्याप्दै गएपछि देखा पर्छ । लामो समय सम्म एकोहोरो एकातर्फ मात्र हेरेर एउटै ठाउँमा बस्ने गर्छन्।

८. जुरुक्क उठ्न खोज्दा रिंगटा लागेजस्तो हुने, पछाडी पट्टि लडीएला जस्तो लाग्ने । दायाँ, बायाँ वा फनक्क पछाडी फर्कन गार्हो हुने । शरीर बलियै भएपनि पहिले जस्तो छिटो छरितो काम गर्न नसक्ने ।
– रिंगटा लाग्ने समस्या विभिन्न औषधिका कारण वा अन्य रोगका कारण पनि हुन सक्छ ।

९. उदाशीनता हुने
– पहिलो चरणको उदाशिनता रोग पत्ता लाग्ने बित्तिकै ‘लौ अब म केही गर्न सक्दिन, मैले काम गर्न नसक्दा परिवार कसरी पाल्ने?, मलाई यस्तो रोग कसरी लाग्यो?, म त रोगी भएँ,’ आदि कुरा मनमा ल्याएर उदाशीन हुन्छन् । जसलाई psychiatry मा “Adjustment Disorder with depressed mood ” भनिन्छ। तर पछि गएर रोगको आफ्नै कारणले उदाशीनताको लक्षण (Major Depressive Disorder) देखा पर्छन् ।

कसै कसैमा औषधिको कारण वा यो रोगको आफ्नै जटिलताको कारणले (Parkinson’s) Psychosis देखापर्छ l Psychosis भन्नाले नभएको, नदेखेको कुरा साँच्चै हो भनेर बिश्वास गर्ने, अनावाश्येक संका गर्ने, आँफै बर्बराउने, अदृश्य कुरा देखि डराउने आदी ।

१०. अन्य धेरै लक्षणहरू
– यहाँ दिइएको पार्किन्सनको लक्षणको उदाहरण मैले आफ्नो बिरामीमा देखेको आधारमा भनेको हुँ। माथि दिइएको उदाहरण तपाईंमा सबै मेल खाँदैन भन्दैमा तपाईंलाई पार्किन्सन भएको छैन भन्न मिल्दैन l सबै लक्षणहरू एकै पटक नदेखिन सक्छ ।

– माथिका कुनै पनि लक्षणहरू शुरुमा निकै कम वा मधुरो मात्रामा देखिन्छ र जसै रोगले च्याप्दै जान्छ । अनि ति लक्षणहरू पनि कठोर र गाडा बन्दै जान्छन्।

– माथिको लक्षणहरूमध्ये पहिलो तीन लक्षणहरू तपाईंमा देखिएको छ भने तुरुन्त Neurologist वा Psychiatrist को मा जंचाउन जानुहोस् । यो रोग ५० वर्षको भन्दा मुनिकालाई लाग्ने प्रतिशत धेरै कम हुन्छ। तर भर्खर ४० नाघेकालाई पनि यो लागेको धेरै उदाहरणहरू छन्।

रोगको कारण :
– पार्किन्सन रोग यहि कारणले लाग्छ भन्न अझै सकिएको छैन,
– Genetic Mutation र वातावरणमा हुने बिषाक्द पदार्थ (उदाहरणको लागि, तरकारी र फलफूल फलाउदा प्रयोग गरेको बिषादी जमिनमा गई पानीको श्रोतमा पुग्नाले) पनि हुन्छ कि भन्ठानिएको छ ।
– पार्किन्सन रोग बंशाणुगत पनि सर्ने गर्छ ।

उपचार:
– यो रोग पूर्ण निको पार्ने औषधि र प्रविधि अझै पत्ता लागेको छैन । तर धेरै औषधि यस्ता पाइन्छन् जसले अहिले देखा परेका लक्षणहरू कम गर्ने (जसले गर्दा दैनिक गर्नु पर्ने काम गर्न निकै सजिलो हुन्छ) र रोगले ग्रस्त पार्ने समय अलि लम्ब्याउँदै लान सकिन्छ।

– औषधिले काम गर्ने छाडेपछि दिमागमा अप्रेशन गरेर DBS (deep brain stimulation) मार्फत उपचार गराउन पनि सकिन्छ तर यो निकै खर्चिलो हुन्छ । डाक्टर कल्याणको फेसबुकबाट

२०७५ माघ ९ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड