इमान्दार संवाददाता
२२ पटक

बुटवल । नेकपा कम्युनिष्ट पार्टीनिकट विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी)ले आफ्नै विद्यार्थीमाथि यौन दुर्व्यवहार गर्ने एक विद्यालयका प्रधानाध्यपकलाई कारबाहीको माग गरेको छ । अन्यथा बलात्कारी शिक्षकमाथि आफ्नो सङ्गठनले जनकारवाही गर्ने क्रान्तिकारीले चेतावनी दिएको छ ।

सोमवार एक विज्ञप्ति जारी गर्दै क्रान्तिकारी नवलपुरका अध्यक्ष अभिनाशले गैँडाकोट ११, भेडावारि नवलपुरको मुकुन्द सेन ईंग्लिश बोर्डिङ स्कुलका प्रिन्सिपल राजेन्द्र पौडेललाई कारबाहीको माग गरेका छन् । पौडेलले कक्षा १० मा अध्यनरत आफ्नै छात्रामाथि गत शनिवार बलात्कारको प्रयास गरेको विवरणहरू बाहिर आएका थिए ।

विज्ञप्तिमा भनिएको छ- ‘गैंडाकोट नगरपालिका वडा नं. ११, भेडावारी नवलपुर जिल्ला स्थित मुकुन्द सेन ईंग्लिश बोर्डिङ स्कुलका प्रिन्सिपल राजेन्द्र पौडेलले कक्षा १० मा अध्यनरत आफ्नै छात्रामाथि मिति २०७५ पौष २८ गते बलात्कारको प्रयास गरेको घटनाले हाम्रो संगठनको गम्भीर ध्यानाकर्षण भएको छ।’

उक्त घटनामा सङ्गठनको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ । नाबालक छात्रा माथी कूदृस्टी राख्ने नालायक ब्यविचारी शिक्षक राजेन्द्र पौडेललाई हदै सम्मको कार्बाही गरी पीडित बालिकालाई न्याय दिन माग गरेको छ।

विज्ञप्तिमा अगाडि भनिएको छ- ‘उक्त व्यभिचारि राजेन्द्र पौडेललाई लाई तत्काल कारबाही गरि पिडित छात्रालाई न्याय दिलाउन हाम्रो संगठन जोडदार माग गर्दछ। अन्यथा घटनालाई ढाकछोप गरि दोषीलाई पहुँचको आधारमा उन्मुक्ति दिन खोजिए हाम्रो संगठन जनकारबाही गर्न बाध्य हुने यसै प्रेस विज्ञप्ति मार्फत जानकारी गराईन्छ।’

पछिल्लो समय क्रान्तिकारीले शैक्षिक क्षेत्रमा हुदै आएका विकृति विसंगतिबिरुद्ध शशक्तरुपमा आन्दोलन गर्दै आएको छ । केहिदिन अघि मात्रै क्रान्तिकारीको पहलमा सिटीइभिटीको एक कलेज खारेज भएको थियो ।

प्राविधिक शिक्षा तथा व्यवसायीकक तालिम परिषद् (सिटिईभिटी)ले स्वीकृत शर्तहरु र तोकिएको शूल्क भन्दा बढी असुल कार्य नरोकेपछि भक्तपुरको उक्त शैक्षिक संस्थालाई खारेज गरेको हो । सिटिईभिटीबाट सम्बन्धन लिएको भक्तपुर प्राविधिक तामिल केन्द्र, बालकोट खारेजीमा परेको हो ।

अनमी कार्यक्रम संचालन गरिरहेको उक्त शैक्षिक संस्थालाई पटकपटक अनुगमन गरी औल्याइएका कमीकमजोरी सुधार गर्न दिइएको निर्देशन एवं प्रतिवद्धता पालना नगरेको भन्दै सिटिईभिटी स्थत निर्धारण महाशाखाले पुस २५ गतेको निर्णयअनुसार गद्द गरेको जनाएको छ । सात दिन र तीन दिन गरी दुई पटक उक्त तामिल केन्द्रलाई लिखित रुपमा स्पष्टिकरण सोधिएको तर जवाफ चित्त बुझ्दो नभएकोले खारेज गरेको सिटिईभिटीले जनाएको छ ।

उक्त शैशिक्ष संस्थाले आफ्नो कमजोरी ढाकछोप गर्न केही दिन पहिला विद्यार्थी नेताहरुलाई चार लाख दिएको विषय सार्वजनिक भएको थियो । विद्यार्थीहरुबाट दुई लाख चालिस हजारसम्म शूल्क असुल गरेको, छात्राबास बस्नुपर्ने बाध्य बनाउँदै आएको थियो । कमजोरी लुकाउन केही विद्यार्थी नेताहरुलाई रुपैयाँ खुवाएको भन्दै अखिल क्रान्तिकारीको अगुवाईमा तीन विद्यार्थी संगठनले आन्दोलन गरेका थिए ।

हेर्नुहोस् विज्ञप्ति

२०७५ पुष ३० गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड