इमान्दार संवाददाता
१२ पटक

काठमाडौं । विमानस्थल सेवा शुल्क वापतको ४ करोड रुपैयाँ चुक्ता गर्न नसक्दा उडान नै बन्द भएको सौर्य एयरलाइन्स ३२ दिनदेखि विमानस्थल कार्यालयको सम्पर्कमा आएको छैन।

गत मंसिर २० गते बिहीबार नेपाल नागरिक उड्डयन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले विमानस्थल सेवा शुल्क वापतको बक्यौता चुक्ता नगरेको भन्दै सौर्य एयरलाइन्सले उडानमा प्रतिबन्ध लगाएको थियो।

विमानस्थल कार्यालयले बारम्बार बक्यौता चुक्ता गर्न ताकेता गर्दा पनि सौर्य एयरलाइन्सले आलटाल गर्दै आएको थियो। ‘एक वर्ष अगाडिदेखि नै सौर्य एयरलाइन्सलाई बक्यौता चुक्ता गर्न निर्देशन भएको थियो’, विमानस्थल कार्यालयका प्रमुख राजकुमार क्षेत्रीले भने, ‘समयमै बक्यौता चुक्ता नगरेपछि एयरलाइन्सको उडान बन्दगरिएको थियो। तर, उडान बन्द भएको ३२ दिन हुँदा पनि एयरलाइन्सका प्रतिनिधि विमानस्थ कार्यालयको सम्पर्कमा आएका छैनन्।’

बक्यौता चुक्ता गर्न आलटाल गरेर भागिरहेको भए पनि एयरलाइन्सलाई विमानस्थल कार्यालयले एक वर्षसम्मको समय दिएको थियो । उक्त समयमा पनि रकम तिर्न आलटाल गरेपछि कार्यालयले बाध्य भएर उडान बन्द गरेको क्षेत्रीको भनाइ छ।

विमानस्थल कार्यालयले सौर्य एयरलाइन्सलाई पटक-पटक गरी कहिले महिना दिन त कहिले एक साताको समय दिंदै वर्ष दिनको समय दिएको समेत क्षेत्रीले बताएका छन्।

‘एयरलाइन्सले बक्यौता एकै पटकमा तिर्न नसके पनि छलफलबाट किस्तामा रकम तिर्दै उडान गर्न सक्थ्यो’, क्षेत्रीले भने, ‘दुई वटा जहाज भएको कम्पनी नै सम्पर्कमा नआउँदा समस्या आएको छ।’

यस विषयमा एयरलाइन्स कम्पनीका बजार व्यवस्थापक मुकेश खनालले शुक्रबारसम्ममा बक्यौताको विषय ढुंगो लगाउँदै उडान सुचारु हुने बताएका छन्। सौर्यका मुख्य मालिक

सौर्य एयरलाइन्सँग दुई वटा जेट विमान छ। दुई वटा जहाजमध्ये एउटा जहाज भने लामो सयमदेखि ग्राउन्डेड भएको छ भने एउटा जहाज उडान गर्न मिल्ने अवस्थमा छ।

एयरलाइन्सले नेपालगञ्ज, विराटनगर, धनगढी, भैरहवा र भद्रपुरमा उडान गर्न पाउनेगरी अनुमति समेत लिएको छ। साथै एयरलाइन्सले नेपाल नागरिक उड्डयन प्राधिकरणबाट टर्वो जहाज खरिदका लागि अनुमति समेत लिइसकेको छ।

२०७५ पुष २९ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड