इमान्दार संवाददाता
७७ पटक

काठमाडौं । दुई दिने नेपालको औपचारिक भ्रमणमा रहेका अमेरिकी सेनाको इण्डो प्यासेफिक कमाण्डका कमाण्डर एडमिरल फिलिप एस डेभिड्सनले उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखेरलसँग शुक्रबार बिहान रक्षा मन्त्रालयमा शिष्टाचार भेटवार्ता गरेका छन् ।

संयुक्त राज्य अमेरिकाको इण्डो प्यासेफिक प्रमुख एडमिरल डेभिडसन नेपालको दुई दिने भ्रमणको क्रममा बिहिबार काठमाण्डु आएका हुन् ।

उपप्रधान तथा रक्षामन्त्रीसँगको भेटमा द्विपक्षीय सैन्य सहायता र एशिया प्यासेफिक क्षेत्र भित्र पर्ने इण्डो प्यासेफिक क्षेत्रको सुरक्षा चुनौतिबारे छलफल भएको छ । यसमा नेपाल र अमेरिकाले खेल्न सक्ने भूमिकाबारे पनि छलफल भएको छ ।

साथै अमेरिकी सेनाले नेपाली सेनाको क्षमता विकाश र सैन्य कुटनैतिक सम्बन्धलाई बलियो बनाउँदै लैजाने विषयमा द्विपक्षीय छलफल भएको रक्षा मन्त्रालयका सहसचिव तथा प्रवक्ता बाबुराम गौतमले जानकारी दिए । भेटमा नेपाली सेना र अमेरिकी सेनाबीच गर्न सकिने सहकार्यका विषयमा छलफल भएको बताईन्छ । सैनिक जनसम्र्पक निर्देशनालयले द्धिपक्षिय हित तथा पारस्पारिक सम्बन्धका विषयमा छलफल भएको जनाएको छ ।

भ्रमणमा रहेका सेना प्रमुखको टोलीले बिहीबार नै नेपाली सेनाका सेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गरिसकेका छन् । भेटवार्तामा नेपालस्थित अमेरिकी राजदूत रेण्डि डव्लु वेरी समेत सहभागी थिए । सेना प्रमुख एडमिरल डेभिडसनको टोलीले काभ्रको पाँचखालमा रहेको नेपाली सेनाको विरेन्द्र शान्तिकाई तालिम केन्द्रको निरीक्षण भ्रमण गर्नेछन् ।

यसैबीच रक्षामन्त्री पोखरेलले नेपालको एकीकरण अभियानमा पृथ्वीनारायण शाहलाई सम्मान गर्दा निरंकुश राजतन्त्रको कुरा नगरेको बताएका छन् ।

आज २९७औँ पृथ्वीजयन्ती एवं राष्ट्रिय एकता दिवसका अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठानलगायतले आयोजना गरेको शोभायात्रा कार्यक्रममा उनले छरिएर रहेको नेपाल एक बनाउने अभियन्ताका रूपमा शाह रहेकाले सरकारले उनको जन्मजयन्तीलाई सम्मान गरेको बताए ।

‘नेपालमा रहेका धर्म, संस्कृति भाषालाई गोलबद्ध गर्ने काम उहाँले गर्नुभयो’, उनले भने, ‘त्यसैले उहाँको सम्झनामा एकीकरण दिवस मनाइएको हो ।’ पृथ्वीनारायण शाहले मुलुकलाई एकताबद्ध नगराएको भए अहिलेजस्तो नेपाली स्वाभिमान, स्वाधीन र स्वतन्त्र नहुने उनको भनाइ थियो । रक्षामन्त्री पोखरेलले कुनै सिद्धान्तमा नभई उनले गरेको कामलाई सम्मान गर्न दिवस मनाइएको बताए ।

उनले पृथ्वीनारायण शाहले एकीकृत गरेको समाजलाई अहिले विभिन्न तत्वले भड्काउन खोजेकाले त्यस्तालाई परास्त गर्नुपर्ने धारणा राखे ।शोभायात्रामा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा, नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उपे्रतीलगायतको सहभागिता थियो । शोभायात्रा कमलादी, रत्नपार्क भद्रकाली हूँदै सिंहदरबार आएर समापन भएको थियो ।

२०७५ पुष २७ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड