इमान्दार संवाददाता
८३ पटक

काठमाडौं – माछापुच्छ्रे बैंक आईएसओ ९००१ः२०१५ मान्यता प्राप्त बैंकिङ संस्था बन्न सफल भएको छ । अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र बैंकलाई युनाइटेड रजिस्टार अफ सिस्टम्स युकेएस युकेद्वारा प्रदान गरिएको हो ।

आईएसओ ९००१ः२०१५ स्टान्डर्ड ग्राहक केन्द्रित कार्यशैली, उच्च तहको व्यस्थापनको प्रोत्साहन एवं प्रभावकारिता, प्रक्रियागत शैली र निरन्तर सुधार लगायत विविध गुणस्तरीय व्यवस्थापन सिद्धान्तमा आधारित हुन्छ । आईएसओ ९००१ः२०१५ ले ग्राहकलाई निरन्तर गुणस्तरीय वस्तु तथा सेवाहरू प्रदान गराउनमा सहयोगी भूमिका निर्वाह गर्दछ ।

बैंकको ग्राहक केन्द्रित योजना, सेवा तथा वस्तुको गुणस्तर, प्रभावकारी व्यवस्थापन शैली, ग्राहक सन्तुष्टि तथा संस्थागत सुशासनजस्ता कार्यक्षेत्रको सफल अभ्यास र सबल प्रयासले गर्दा अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र प्राप्त गर्न सफल भएको हो ।

बैंकले पूर्वमा झापादेखि पश्चिममा कञ्चनपुर साथै हिमालदेखि पहाड र तराईसम्म आफ्ना ८८ वटा शाखाहरू, २ एक्सटेन्सन काउन्टर लगायत ५२ शाखारहित बैंकिङ सेवा गरी १ सय ४२ स्थानबाट ग्राहकमा सम्पूर्ण बैंकिङ सुविधा प्रदान गरिरहेको छ । साथै बैंकको देशभर १ सय ११ वटा एटीएम सञ्चालनमा रहेको छ ।

यसअघि गत मंगलबार मात्रै डा. विरेन्द्रप्रसाद महतोले नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवि नेपालसमक्ष पद तथा गोपनीयताको सपथ ग्रहण गरेका थिए । उनी माछापुच्छ्रे बैंकको २० औं साधारण सभाबाट अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका हुन् । बैंकको साधारण सभाबाट रोशन केसी र गोपीकृष्ण न्यौपाने पनि सञ्चालक पदमा निर्विरोध निर्वाचित भएका बैंकले जनाएको छ ।

बैंकले पूर्वमा झापादेखि पश्चिममा कञ्चनपुर साथै हिमालदेखि पहाड, र तराईसम्म आफ्ना ८८ वटा शाखा, २ एक्सटेन्सन काउन्टर लगायत ५२ शाखारहित बैंकिङ सेवा गरी १ सय ४२ स्थानबाट ग्राहकमा सम्पूर्ण बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ ।

यस्तै ग्राहकहरुको सेवालाई ध्यानमा राखेर बैंकको देशभर १ सय ११ वटा एटीएम सञ्चालनमा ल्याएको छ। आगामी दिनमा पनि यसप्रकारको सेवालाई बढाउने बैंकको योजना छ ।

२०७५ पुष २७ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड