इमान्दार संवाददाता
१२० पटक

काठमाडौं । शिक्षक सेवा आयोगको परीक्षामा सहभागीमध्ये झन्डै एक तिहाइ अस्थायी शिक्षक फेल भएका छन् । आन्तरिक प्रतिस्पर्धाको परीक्षा दिएका २२ हजार २ सय शिक्षकमध्ये करिब ८ हजार लिखित परीक्षामा अनुत्तीर्ण भएका हुन् ।

उनीहरूले पास हुन चाहिने न्यूनतम ४० अंक पनि ल्याउन सकेनन् । शिक्षा मन्त्रालयले अस्थायी शिक्षकलाई स्थायी गर्न ऐन संशोधन गरी आन्तरिक परीक्षा लिएको थियो । कतिपय शिक्षक अनुत्तीर्ण हुने डरले प्रतिस्पर्धामै सहभागी भएनन् ।

आयोगले लिने अन्तर्वार्तामा अझै करिब १ हजार शिक्षक छाँटिने निश्चित छ । आयोगले ९ प्रकारको विज्ञापन गरेकामा कुनैमा मागभन्दा बढीले लिखित पास गरेका छन् । कान्तिपुर दैनिकमा खबर छ ।

आयोगले २२ हजार ७६ पदका लागि आन्तरिकतर्फ विज्ञापन गरेकामा २३ हजार ३ सयले आवेदन दिएका थिए । तीमध्ये २२ हजार २ सयले मात्र परीक्षा दिएका हुन् । परीक्षामा २०४९ पुसभन्दा पहिले, २०४९ पुसपछि २०६१ साउनसम्म र २०६१ साउनयता नियुक्त भएका शिक्षकलाई सहभागी गराइएको थियो ।

२०६१ अघिको हकमा प्रकाशित विज्ञापनमा अधिकांश शिक्षक प्रतिस्पर्धाबिनै (पास अंक ल्याएर) स्थायी हुने भएका हुन् । ती विज्ञापनमा माग संख्याभन्दा आवेदन दिन पाउने शिक्षकको संख्या थोरै थियो । लिखित परीक्षामा उत्तीर्ण शिक्षकहरूको अन्तर्वार्ता माघ मसान्तसम्म सकिने आयोगका प्रशासकीय प्रमुख तुलसीप्रसाद थपलियाले जनाए ।

लिखित परीक्षा वा अन्तर्वार्तामा अनुत्तीर्ण हुने र परीक्षामै सहभागी नहुने गरी ९ हजारभन्दा बढी शिक्षक अब सुविधासहित घर जाने भएका छन् । ऐनले परीक्षामा भाग नलिने र फेल हुने शिक्षकलाई सुविधासहित बिदाई गर्ने व्यवस्था गरेको छ ।
दरबन्दीअनुसार अस्थायी शिक्षकबाट पदपूर्ति नहुने भएपछि आयोगले खुलातर्फ ४ हजार ५ सय पद थपिने जनाएको छ ।

हरेक वर्ष रिक्त ३ हजार दरबन्दीसमेत तत्काल ७ हजार ५ सय शिक्षकका लागि खुला विज्ञापन गरिने थपलियाले बताए । आन्तरिकमा दरखास्त नपरेका २ हजार ५ सय अस्थायी दरबन्दीलाई यसअघि नै खुलामा रूपान्तण गरिसकिएको छ । सुविधा नपाउँदा र अर्का शिक्षकको व्यवस्था पनि नहुँदा परीक्षामा फेल भएका शिक्षकले पढाइरहेका छन् ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले अन्तिम नतिजा नआउँदासम्म उनीहरूलाई अध्यापन गराइराख्न सर्कुलर गरेको छ । असफल शिक्षकलाई बिदाइ गर्न विवरण संकलन भइरहेको शिक्षा मन्त्रालयका प्रवक्ता बैकुण्ठ अर्यालले जनाए । उनीहरूलाई बिदाइ गरेलगत्तै सट्टामा करारमा शिक्षक नियुक्त गर्नेबारे छलफल भइरहेको उनले जनाए ।

‘असफल हुने शिक्षकलाई सुविधासहित बिदाइ गर्न ६ अर्ब बजेट आवश्यक पर्ने अनुमान गरेका थियौं,’ उनले भने, ‘अनुत्तीर्ण हुनेको संख्या बढेकाले ८ अर्ब चाहिने आकलन गरेका छौं ।’

२०७५ पुष २५ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

काठमाडौं । ०४७ मा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले मेलम्चीको पानी काठमाडौं ल्याएर खानेपानीको समस्या समाधान गर्ने घोषणा गरे । सरकारले ०५५ मा मेलम्ची खानेपानी विकास समिति गठन गरेर काम थाल्योे । त्यसयताका २० वर्षमा देशमा १९ प्रधानमन्त्री, २४ मन्त्री र २९ समितिका अध्यक्ष फेरिए, तर मेलम्चीको पानी काठमाडौं आइपुगेन । अझै अन्योलमै छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ । समिति गठन भएको तीन वर्षपछि ०५८ मा एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा मेलम्चीको निर्माण सुरु भयो । सात वर्षभित्र काम सक्ने लक्ष्य राखिएको थियो । तर, सरकारले एडिबीको ऋण सर्त पालना गर्न नसक्दा केही समयमै काम प्रभावित भयो । त्यसपछि पनि निर्माण कम्पनीहरूसँगको ठेक्का तोडिने, नयाँ ठेक्का हुने क्रम जारी रह्यो । पछिल्लो समय सुरुङ खनिरहेको इटालियन कम्पनी सिएमसीले पनि गत २९ मंसिरदेखि काम छाडेपछि मेलम्ची ठप्प छ । आयोजना बोर्डले २४ माघमा सिएमसीसँगको ठेक्का सम्झौता तोड्ने निर्णय गरिसकेको छ । सरकार अब मेलम्चीलाई कसरी अघि बढाउने भन्ने अलमलमै छ । अलमलमा बिते १७ वर्ष मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्र पन्तका अनुसार सरकारले ऋण सर्त पूरा गर्न नसकेपछि एडिबीले थप ऋण दिन र सुरुङमार्ग निर्माणको अनुमति दिएन । ०६४ मा सरकारले ऋण सर्त पालना गरेपछि एडिबीले ०७० सम्म समयावधि थपेर सुरुङमार्ग निर्माणको अनुमति दियो । ०६४ मै २७ किलोमिटर सुरुङमार्ग निर्माणका लागि ग्लोबल टेन्डर आह्वान गरियो । अर्को वर्ष चाइना रेल्वे कन्स्ट्रक्सन कर्पोरेसन (सिआरसी) नामक चिनियाँ कम्पनीले चार वर्षभित्र बनाइसक्ने गरी सुरुङमार्गको ठेक्का पायो । तर, तीन वर्षमा १५ प्रतिशत मात्रै काम गर्‍यो । एक वर्षभित्र बाँकी ८५ प्रतिशत काम सक्ने अवस्था नदेखिएपछि सिआरसीसँग सोही वर्ष ठेक्का सम्झौता तोडियो । ०७० असारमा पुनः ग्लोबल टेन्डर आह्वान गरियो र इटालियन कम्पनी सिएमसीले ठेक्का पायो । ठेक्काअनुसार ०७३ मा काम सक्नुपर्ने भए पनि भूकम्प र नाकाबन्दीका कारण काम रोकियो । तसर्थ सिएमसीको म्याद थप भइरह्यो । अन्तिम म्यादअनुसार ३ फागुन ०७५ मा सिएमसीले काम सक्नुपर्ने थियो । तर, मंसिर २९ मै सिएमसीले काम छोड्यो र आयोजनाले माघ २४ मा ठेक्का सम्झौता रद्द गर्‍यो । ४२ अर्ब सकियो मेलम्ची खानेपानी आयोजनामा अहिलेसम्म ४२ अर्ब ५४ करोड रुपैयाँभन्दा बढी खर्च भइसकेको छ । सुरुङमार्ग निर्माण र सुन्दरीजल प्रशोधन केन्द्र निर्माणमा मात्रै २६ अर्ब ५४ करोडभन्दा बढी लागेको सूचना अधिकारी पन्तले बताए । मेलम्ची खानेपानी उपआयोजना–२ आयोजना कार्यान्वयन निर्देशनालयका प्रमुख तिरेसप्रसाद खत्रीका अनुसार अहिलेसम्म करिब १६ अर्ब रुपैयाँ उपआयोजनाले खर्च गरेको छ । जसअन्र्तगत एक हजार किलोमिटर पाइपलाइन विस्तार भइसकेको छ । गुह्येश्वरीमा प्रशोधन केन्द्र निर्माणको काम अन्तिम चरणमा पुगेको छ भने ७ करोड ४५ लाख क्षमताका ९ वटा ट्यांकी निर्माण भइसकेका छन् । मेलम्चीमा खर्च भएको रकम एडिबी, नेपाल सरकार र जापान सरकारको हो । आयोजना निर्माण सुरु हुँदा ४६.४ करोड अमेरिकी डलरमा सम्पन्न हुने अनुमान गरिएको थियो । यो लागतमा विद्युत् समेत निकाल्ने योजना थियो । तर, विद्युत् निकाल्ने योजना कार्यान्वयन नभएपछि लागत रकम ३१.७ करोड अमेरिकी डलरमा झर्‍यो । ०६४ सालमा आयोजनालाई २ भागमा बाँडियो । मेलम्ची विकास समितिले सुरुङदेखि प्रशोधन केन्द्र हेर्ने र आयोजना २ ले पाइपलाइनलगायतका काम हेर्ने तय गरियो । आयोजनाको समयावधि बढेसँगै अहिले मुख्य कामको लागत बढेर ३१.२ करोड अमेरिकी डलरभन्दा बढी पुगेको समितिले जनाएको छ । कति काम सकियो ? २०७२ को भूकम्पपछि करिब १ वर्ष मेलम्चीको काम ठप्प रह्यो । नाकाबन्दीको समयमा समेत काम भएन । त्यसअघि ०७१ सालमा नदीबाट गिट्टीबालुवा झिक्न नदिने सरकारको निर्णयविरुद्ध आन्दोलन हुँदा पनि काम प्रभावित भएको थियो । ठेकेदार कम्पनी र मजदुरका कारणले समेत मेलम्चीको काम वेलवेलामा अवरुद्ध बनेको थियो । वर्ष ०७३/७४ पछि भने आयोजनाको काम रफ्तारमा अघि बढेको पन्तको भनाइ छ । ०७४/७५ मा सबैभन्दा धेरै ७.१५ किलोमिटर सुरुङ खनिएको थियो भने ०७५/७६ मा १८.३ किलोमिटर सुरुङको फिनिसिङ गरिएको थियो । पन्तका अनुसार पानी ल्याउने हिसाबले आयोजनाको काम ९७ प्रतिशत सकिएको छ । अहिले बाँध नबाँधी डाइभर्सन बनाएर पाइपमार्फत पानी ल्याउने गरी काम अघि बढाइएको छ । खोलामा बाँध बाँध्नेलगायतका अन्य बाँकी कामका हिसाबले आयोजनाको ९० प्रतिशत काम मात्र सकिएको छ ।