इमान्दार संवाददाता
५६ पटक

भोजपुर । षडानन्द नगरपालिका–१२, देउरालीकी २८ वर्षीया रीता श्रेष्ठको आत्महत्या नभई हत्या भएको पीडित पक्षले दाबी गरेका छन् । पीडित पक्षले घटना हेर्दा रस्ताको आत्महत्या नभई श्रीमानले हत्या गरेको दाबी गरेका हुन् ।

विवाहपछि दाइजोको विषयलाई लिएर पारिवारिक तथा मानसिक यातना दिने र श्रीमान राजकुमार श्रेष्ठले पटक–पटक कुटपिट गर्ने गरेको आरोप पीडित माइतीले आरोप लगाएका छन् ।

आत्महत्या गर्नुभन्दाअघि मोबाइलको विषयलाई लिएर रीतामाथि श्रीमानले कुटपिट गरेका थिए । आफूमाथि कुटपिट भएपछि रीताले विराटचोक बस्दै आएकी ठूली दिदी गोमा कार्कीलाई फोन गरेकी थिइन् । त्यही बेलुकी छिमेकीसहितको छलफलमा कान्छा छोरालाई साथमा राख्ने कुरा गरे पनि नदिएको फोनमा दिदीलाई सुनाएको मृतकका भाइ उमेश श्रेष्ठले बताए ।

षडानन्द नगरपालिका ८, तुङ्गेछाका बलबहादुर श्रेष्ठ र ईश्वरमाया श्रेष्ठकी माइली छोरी रिताको राजकुमारसँग २०६४ सालमा विवाह भएको थियो ।

घटनाको अवस्था रीता घरबाट पुस २२ गते दिउँसो १ बजेतिर करिब २० मिटरको दूरीमा एउटा सालको रुखमा झुण्डिएको अवस्थामा लास फेला परेको थियो । लास झुण्डिएको रुखको फेदमा मेटासिटको दुईवटा बोतलमध्ये एउटा खाली, अर्को नखोलिएको र एउटा कालो प्लास्टिकमा पोको पारेको मेटासिटकै बोतल फेला परेको जनाएको छ ।

प्रहरी के भन्छ ?पीडित पक्षले मृतक रिताकी श्रीमान ३१ वर्षीय राजकुमार श्रेष्ठविरुद्ध कर्तव्य ज्यानको किटानी जाहेरी दिएपछि प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा पुर्याएको बताएको छ ।

जाहेरीका आधारमा श्रेष्ठविरुद्ध म्याद थप गरी घटनाबारे अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका डीएसपी केशवकुमार थेवेले बताउनुभयो । डीएसपी थेवेले पोष्टमार्टम रिपोर्ट नआइसकेकाले रिपोर्टपछि थप कुरा प्रस्ट हुने बताएको   ।

यता रङको सुन्दर हरैंचा नगरपालिका–३ गछीयामा गुट्खा खाँदा घाँटीमा अड्किएर एक जनाको मृत्यु भएको छ ।प्रदेश नं १ प्रहरी कार्यालय विराटनगरले मंगलबार दिएको जानकारी अनुसार सोही स्थानका ३५ वर्षीय शर्मानन्द तिम्सिनाले सोमबार राति गुट्खा खाँदा घाँटीमा अड्किएपछि मृत्यु भएको हो ।

२०७५ पुष २४ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

काठमाडौं । ०४७ मा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले मेलम्चीको पानी काठमाडौं ल्याएर खानेपानीको समस्या समाधान गर्ने घोषणा गरे । सरकारले ०५५ मा मेलम्ची खानेपानी विकास समिति गठन गरेर काम थाल्योे । त्यसयताका २० वर्षमा देशमा १९ प्रधानमन्त्री, २४ मन्त्री र २९ समितिका अध्यक्ष फेरिए, तर मेलम्चीको पानी काठमाडौं आइपुगेन । अझै अन्योलमै छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ । समिति गठन भएको तीन वर्षपछि ०५८ मा एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा मेलम्चीको निर्माण सुरु भयो । सात वर्षभित्र काम सक्ने लक्ष्य राखिएको थियो । तर, सरकारले एडिबीको ऋण सर्त पालना गर्न नसक्दा केही समयमै काम प्रभावित भयो । त्यसपछि पनि निर्माण कम्पनीहरूसँगको ठेक्का तोडिने, नयाँ ठेक्का हुने क्रम जारी रह्यो । पछिल्लो समय सुरुङ खनिरहेको इटालियन कम्पनी सिएमसीले पनि गत २९ मंसिरदेखि काम छाडेपछि मेलम्ची ठप्प छ । आयोजना बोर्डले २४ माघमा सिएमसीसँगको ठेक्का सम्झौता तोड्ने निर्णय गरिसकेको छ । सरकार अब मेलम्चीलाई कसरी अघि बढाउने भन्ने अलमलमै छ । अलमलमा बिते १७ वर्ष मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्र पन्तका अनुसार सरकारले ऋण सर्त पूरा गर्न नसकेपछि एडिबीले थप ऋण दिन र सुरुङमार्ग निर्माणको अनुमति दिएन । ०६४ मा सरकारले ऋण सर्त पालना गरेपछि एडिबीले ०७० सम्म समयावधि थपेर सुरुङमार्ग निर्माणको अनुमति दियो । ०६४ मै २७ किलोमिटर सुरुङमार्ग निर्माणका लागि ग्लोबल टेन्डर आह्वान गरियो । अर्को वर्ष चाइना रेल्वे कन्स्ट्रक्सन कर्पोरेसन (सिआरसी) नामक चिनियाँ कम्पनीले चार वर्षभित्र बनाइसक्ने गरी सुरुङमार्गको ठेक्का पायो । तर, तीन वर्षमा १५ प्रतिशत मात्रै काम गर्‍यो । एक वर्षभित्र बाँकी ८५ प्रतिशत काम सक्ने अवस्था नदेखिएपछि सिआरसीसँग सोही वर्ष ठेक्का सम्झौता तोडियो । ०७० असारमा पुनः ग्लोबल टेन्डर आह्वान गरियो र इटालियन कम्पनी सिएमसीले ठेक्का पायो । ठेक्काअनुसार ०७३ मा काम सक्नुपर्ने भए पनि भूकम्प र नाकाबन्दीका कारण काम रोकियो । तसर्थ सिएमसीको म्याद थप भइरह्यो । अन्तिम म्यादअनुसार ३ फागुन ०७५ मा सिएमसीले काम सक्नुपर्ने थियो । तर, मंसिर २९ मै सिएमसीले काम छोड्यो र आयोजनाले माघ २४ मा ठेक्का सम्झौता रद्द गर्‍यो । ४२ अर्ब सकियो मेलम्ची खानेपानी आयोजनामा अहिलेसम्म ४२ अर्ब ५४ करोड रुपैयाँभन्दा बढी खर्च भइसकेको छ । सुरुङमार्ग निर्माण र सुन्दरीजल प्रशोधन केन्द्र निर्माणमा मात्रै २६ अर्ब ५४ करोडभन्दा बढी लागेको सूचना अधिकारी पन्तले बताए । मेलम्ची खानेपानी उपआयोजना–२ आयोजना कार्यान्वयन निर्देशनालयका प्रमुख तिरेसप्रसाद खत्रीका अनुसार अहिलेसम्म करिब १६ अर्ब रुपैयाँ उपआयोजनाले खर्च गरेको छ । जसअन्र्तगत एक हजार किलोमिटर पाइपलाइन विस्तार भइसकेको छ । गुह्येश्वरीमा प्रशोधन केन्द्र निर्माणको काम अन्तिम चरणमा पुगेको छ भने ७ करोड ४५ लाख क्षमताका ९ वटा ट्यांकी निर्माण भइसकेका छन् । मेलम्चीमा खर्च भएको रकम एडिबी, नेपाल सरकार र जापान सरकारको हो । आयोजना निर्माण सुरु हुँदा ४६.४ करोड अमेरिकी डलरमा सम्पन्न हुने अनुमान गरिएको थियो । यो लागतमा विद्युत् समेत निकाल्ने योजना थियो । तर, विद्युत् निकाल्ने योजना कार्यान्वयन नभएपछि लागत रकम ३१.७ करोड अमेरिकी डलरमा झर्‍यो । ०६४ सालमा आयोजनालाई २ भागमा बाँडियो । मेलम्ची विकास समितिले सुरुङदेखि प्रशोधन केन्द्र हेर्ने र आयोजना २ ले पाइपलाइनलगायतका काम हेर्ने तय गरियो । आयोजनाको समयावधि बढेसँगै अहिले मुख्य कामको लागत बढेर ३१.२ करोड अमेरिकी डलरभन्दा बढी पुगेको समितिले जनाएको छ । कति काम सकियो ? २०७२ को भूकम्पपछि करिब १ वर्ष मेलम्चीको काम ठप्प रह्यो । नाकाबन्दीको समयमा समेत काम भएन । त्यसअघि ०७१ सालमा नदीबाट गिट्टीबालुवा झिक्न नदिने सरकारको निर्णयविरुद्ध आन्दोलन हुँदा पनि काम प्रभावित भएको थियो । ठेकेदार कम्पनी र मजदुरका कारणले समेत मेलम्चीको काम वेलवेलामा अवरुद्ध बनेको थियो । वर्ष ०७३/७४ पछि भने आयोजनाको काम रफ्तारमा अघि बढेको पन्तको भनाइ छ । ०७४/७५ मा सबैभन्दा धेरै ७.१५ किलोमिटर सुरुङ खनिएको थियो भने ०७५/७६ मा १८.३ किलोमिटर सुरुङको फिनिसिङ गरिएको थियो । पन्तका अनुसार पानी ल्याउने हिसाबले आयोजनाको काम ९७ प्रतिशत सकिएको छ । अहिले बाँध नबाँधी डाइभर्सन बनाएर पाइपमार्फत पानी ल्याउने गरी काम अघि बढाइएको छ । खोलामा बाँध बाँध्नेलगायतका अन्य बाँकी कामका हिसाबले आयोजनाको ९० प्रतिशत काम मात्र सकिएको छ ।