इमान्दार संवाददाता
३० पटक

काठमाडौं । इन्डोनेसियामा शक्तिशाली भूकम्प गएको छ । स्थानीय समय अनुसार सोमबार बिहान तेर्नाते शहरबाट उत्तपश्चिममा केन्द्रबिन्दु बनाएर ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पका कारण कुनै क्षति नभएको बताइएको छ ।

खोजी तथा उद्धार एजेन्सीका एक अधिकारीले दिएको जानकारी अनुसार यो भूकम्प तेर्नाते शहरमा भने महसुस गरिएको थिएन । यस्तै, भूकम्पपछि सुनामीको पनि कुनै खतरा नरहेको जनाइएको छ ।

गएको डिसेम्बरमा आएको सुनामीका कारण इन्डोनेसियामा ४ सय भन्दा बढीले ज्यान गुमाएका थिए । सुनामीका कारण इन्डोनेसियाको जाभा र सुमात्राका आइल्याण्डमा बढी प्रभावित भएको थियो। सुनामीका कारण सयौँ घरहर भत्किएको थियो ।

यसअघि गत जुलाइमा इन्डोनेसियाको लोकप्रिय पर्यटकीय प्रान्त लोम्बोकमा गएकाे शक्तिशाली भूकम्पमा परी ८२ जनाको मृत्यु भएको थियाे । छिमेकी बाली समेत हल्लिएको यस्तै भूकम्पमा परेर गत साता लोम्बोकमा एक दर्जनभन्दा बढीको मृत्यु भएको थियो ।

स्थानीय अधिकारीहरुका अनुसार, भूकम्पको धक्काबाट बालीको डेनपसारसम्मका भवनहरुका साथै डिपार्टमेन्ट स्टोर र विमानस्थलको टर्मिनलमा क्षति पुगेको थियाे ।

बालीमा मानिसहरु घरबाट चिच्याउँदै बाहिर निस्केका थिए । लोम्बोकमा सेना र अन्य उद्धारकर्ताहरुले घाइतेहरुलाई स्ट्रेचरमा राखेर सुरक्षित स्थलमा पु–याएका थिए ।

राष्ट्रिय विपद एजेन्सीका प्रवक्ता सुटोपो पुर्वोले मृत्यु हुनेको संख्या ८२ पुगेको र अन्य सयौं व्यक्ति घाइते भएको जानकारी दिएका थिए भने हजारौं घरमा क्षति पुगेको बताइएकाे थियाे  ।

अमेरिकी जियोलोजिकल सर्भेका अनुसार ७ म्याग्नीच्यूडको उक्त भूकम्प जमिनको सतहबाट करिब १०।५ किलोमिटर मुनि रहेको थियो ।इन्डोनेसियाका मौसम विज्ञान विभागले समुद्री सतहको अध्ययनपछि सुनामीको खतरा नरहेको जनाएको थियाे ।

तर त्रसित मानिसहरु रातारात अग्ला सुरक्षित स्थानहरुमा पुगेका थिए । बाली र लोम्बोकको विमानस्थल पूर्ववत रुपमै आइतबार रातिदेखि सञ्चालनमा रहेका छन् । भूकम्प आएको आधा घण्टा विमानस्थलहरुमा पनि विद्युत कटौती भएका कारण अन्यौल छाएको थियो ।

२०७५ पुष २३ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड