इमान्दार संवाददाता
५९१ पटक

आफन्त गुमाउनुको पीडा भोग्नेहरूलाई नै थाहा हुन्छ । अझ जीवनभर साथ निभाउने कसम खाएर वैवाहिक बन्धनमा बाँधिएको केही महिना पनि नबित्दै आँखैअगाडि जीवनसाथी गुमाउँदाको पीडा भुलाउन परेको सकस नायिका श्वेता खड्कालाई भन्दा बढी कसलाई अनुभव भएको होला ।

अहिले उनी आफ्नो त्यही पीडा भुलाउन ‘कान्छी’ बनेर आउन लागेकी छिन् आफ्नै लगानीमा चलचित्र निर्माण गरेर ।

स्वर्गीय पति नायक श्रीकृष्ण श्रेष्ठप्रति समर्पण गर्दै श्वेताले निर्माण गरेको चलचित्र कान्छी अहिले निर्माणको अन्तिम चरणमा पुगेको छ । मुस्ताङको लेते र आसपासका ग्रामीण क्षेत्रमा चलचित्रको सम्पूर्ण छायांकन गरिएको छ । चलचित्रका निर्देशक आकाश अधिकारी भन्छन्, ‘यहाँको ग्रामीण परिवेशमा नै चलचित्रको सम्पूर्ण छायांकन सकिएको छ । कान्छीले श्वेताको पीडा भुलाउने काममात्र गरेको छैन । हाम्रै परिवेशको एउटा स्वच्छ चलचित्र पनि बनेको छ ।’

यसअघिको चलचित्र कोहिनुरमा पनि निर्देशक आकाश नै थिए अनि थियो श्रीकृष्ण र श्वेताको जोडी । तर कान्छीको छायांकन गरिरहँदा नायिका र निर्देशकबीच श्रीकृष्णको यादमात्रै बाँकी छ । आजको अन्नपूर्ण पोस्टको सँगालो पृष्ठमा यो खबर छापिएको छ ।

२०७४ कात्तिक ९ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड