इमान्दार संवाददाता
६५ पटक

काठमाडौं । ब्राजिलियन स्टार नेइमार संसारकै महंगा खेलाडी भएका छन् । फुटबल बेन्चमार्क डटकमले अडिटर्स कम्पनी केपीएमजीसँगको सहकार्यमा हालै गरेको अध्ययनले नेमारलाई सर्वाधिक मूल्यबान खेलाडीको पहिलो सूचीमा राखेको हो । नेइमारको मूल्य २०६.५ मिलियन पाउण्ड रहेको छ ।

यसैगरी फ्रान्सका युवा स्टार केलियन एमबाप्पे दोस्रो स्थानमा छन् । एमबाप्पेको मूल्य १९३. मिलियन पाउण्ड रहेको छ । तेस्रो स्थानमा अर्जेन्टिनी सुपरस्टार लियोनल मेस्सी रहेका छन् । मेस्सीको मूल्य १८३.२ मिलियन पाउण्ड रहेको छ । पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डो भने शीर्ष १० मा अटाएका छैनन् । १२ औं स्थानमा रहेका रोनाल्डोको मूल्य ९६.४ मिलियन पाउण्ड मात्र रहेको छ ।

यसैगरी महंगा खेलाडीको शीर्ष १० मा इङ्लिश प्रिमियर लिग खेल्ने खेलाडीको बाहूल्यता रहेको छ । १५१.६ मिलियन पाउण्डसहित लिभरपुलका मोहमद सलाह चौथो, १३६.१ मिलियन पाउण्डसहित टोट्टनहामका कप्तान ह्यारी केन पाँचौ, १४८.२ मिलयन पाउण्ड सहित इडेन हाजार्ड छैटौं र १२९ं.४ मिलियन पाउण्ड सहित केभिन डे ब्रुएन सातौं स्थानमा छन् । शीर्ष १० मा रहने अन्य खेलाडीमा पाउल पोग्वा, एन्टोनी ग्रीजम्यान र फिलिपे काउटिन्हो रहेका छन् ।

उता निस लिग फुटबलमा रियल मड्रिडले शीर्ष स्थानको बार्सिलोनासँग अंक दूरी घटाउने अवसर गुमाएको छ । गएराति भएको खेलमा भियारियालसँग २–२ गोलको बराबरी खेलेपछि रियालले बार्सिलोनासँगको दूरी घटाउने अवसर गुमाएको हो । खेलमा रियल मड्रिडलाई निराश बनाउन आर्सनलका पूर्वखेलाडी सान्टी काजोर्लाले दुई गोल गरे ।

पाहुना टोली रियलका लागि भने करिम बेन्जमा र राफेल भारानेले एक–एक गोल गरे । गएरातिको खेलपछि १७ खेलबाट ३० अंक जोडेको रियल मड्रिड अंक तालिकाको चौथो स्थानमा यथावत छ । समान खेलबाट ३७ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा छ । दोस्रो स्थानको एथ्लेटिको मड्रिडको ३४ अंक छ भने ३२ अंकसहित सेभिया तेस्रो स्थानमा छ

२०७५ पुष २१ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड