इमान्दार संवाददाता
८२ पटक

काठमाडौं । हामीले सुन्ने गरेको महिला पुरुषले डिभोर्स गरेर अर्को महिला वा पुरुषसँग सम्बन्ध राख्छन् या एक्लै बस्छन् । डिभोर्स विभिन्न कारणले हुने गर्दछन् ।

कसैसँग चित्त नबुझेर, आपसी विवाद, कलह, परसम्बन्ध आदि । कहिकतै सम्बन्ध बिच्छेदका भिन्न बिषय सुन्नमा आउने गर्दछन् । एक यस्तो घटना बाहिरिएको छ दुई जना महिलाले आफ्नो श्रीमानसँग सम्बन्ध बिच्छेद गरेर विवाह गरेका छन् । उनीहरुले आफ्नो पुरानो प्रेमलाई सार्थक तुल्याएको बताएका छन् ।

उनीहरु लामो प्रेमसम्बन्धमा रहेको बुझिएको छ तर उनीहरुको प्रेमलाई समाजले र घरपरिवारले बुझ्न सकेका थिएनन् । उनीहरुका परिवारले जबरजस्ती ती महिलाको विवाह गरिदिएका थिए । तर उनीहरुको ईच्छा अदालतले पुरा गरिदिएको छ ।

उनीहरुको उमेर क्रमशः २१ वर्ष र २६ वर्ष रहेको छ । एक महिलाका बुवा शिक्षक हुन् भने एकको मजदुरी गर्दछन् । २८ डिसेम्बरमा दुवैजना रजिस्टार कार्यालय गएका थिए । उनीहरुले आफूले विवाह गरेको बताए र आफ्नो विवाहलाई कानुनी मान्यता दिन आग्रह गरेका थिए ।

तर, सब रजिस्ट्रार रामकिशोर पालले उनीहरुको विवाह दर्ता गराएनन् । त्यसपछि उनीहरुले अदालतको सहारा लिएकी थिईन् । अदालतले उनीहरुको समलिंगी विवाह मान्यता दिएको थियो । तर उनीहरुको विवाहको सम्बन्धमा भने कुनै कानुनमा उल्लेख छैन ।

यो घटना भारत उत्तर प्रदेश हमीरपुर जिल्लाको हो। समाचारमा बताइएअनुसार ती दुई महिला ७ वर्षदेखि प्रेममा थिए। एकअर्कोलाई छोड्न नसक्ने भएपछि विवाहित दुवै जनाले आफ्ना श्रीमानलाई छोडेर समलिंगी विवाह गरेका हुन्।

विवाह दर्ता गर्न उनीहरु त्यहाँको पंजीकरण विभागमा गए। कानुनले समलिंगी विवाहलाई मान्यता नदिएकाले पंजीकरण विभागका कर्मचारीले विवाह दर्ता गरेनन्।

पंजीकरण विभागका सब रजिस्ट्रार रामकिशोर पालका अनुसार राठकोतवाली क्षेत्रमा बस्ने ती दुई युवतीले पंजीकरण कार्यालयमा आएर एकअर्कालाई अंगालोमा बाँधेर समलिंगी विवाह गरेका हुन्। तस्बिर सांकेतिक मात्र ।

२०७५ पुष १८ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड