इमान्दार संवाददाता
२३७ पटक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य ओम प्रकाश पुनले होली-वाईन खाएर नक्कली कम्युनिष्टहरुले देशलाई बर्बादीको बाटोमा पुर्‍याएको दावी गरेका छन् ।

आइतबार नेकपा कंचनपुरले सदरमुकाम महेन्द्रनगरमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै नेता पुनले यस्तो दावी गरेका हुन् । आफुलाई कम्युनिष्ट भनेर दावी गर्ने राज्य संचालकहरु नै धर्म प्रचारप्रसारमा लागेका बिदेसीहरुको होली-वाईन खानमा लागेर जनताका कुनै पनि मुद्धामा जनताले राहात महसुस हुने गरी कार्य गर्न नसकेको जिकिर गरे ।

कम्युनिष्टहरु धर्म, लिङ्ग, बर्ग र सबैको सम्मान गर्ने तथा आफु चाँही निधर्मी हुने भन्दै उनले होली-वाईन खानेहरुलाई स्यालको संज्ञा दिएका छन् । जनसभालाई सम्बोधन गर्दै नेता पुनले कंचनपुरकी १३ बर्षीया बालिका निर्मला पन्तका बलत्कारी र हत्यारालाई आफूहरुले सार्वजनिक मंचबाट कारवाही गर्ने बताए ।

देशमा निर्मलाको हत्या भए पश्चात मात्रै ४० बन्दा बढी हत्याका घटना घटेको बताउदै उनले ओली सरकार भने हत्यारालाई कानुनी कठघरामामा उभ्याउनुको साँटो उल्टै अपराधीकोई संरक्षणमा लागेको आरोप लगाए । साथै ओली नेतृत्वको सरकार दलाल सरकार भएको भन्दै यसको बिरुद्ध आ-आफ्नो ठाउँबाट राष्ट्रिययता जोगाउन लाग्नुपर्नेमा जोड दिए ।

यस्तै जनसभालाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय सदस्य तथा महाकाली ब्युरो इन्चार्ज रामप्रसाद तिमिल्सिनाले मालिकहरुबिरुद्ध  स्पाटाकसले गरेको दासबिद्रोहजस्तै नेपालका दलालहरुबिरुद्ध सबै एक भएर लड्नुपर्नेमा बताए ।

उनले भने- ‘भीमदत्त पन्तका सन्तान हामी सामन्त र दलाल सत्ताका घुंडा धसेर बिरुद्ध लड्नु पर्छ र देशमा जनताको जनसत्ता स्थापना गर्नुपर्छ ।’ नेता तिमिल्सिनाले शान्तिपूर्ण भेला, सम्मेलन, सभा समारोहमाथि हस्तक्षेप गर्ने र सयौंको संख्यामा नेकपाका नेता कार्यकर्तालाई बिना कारण गिरफ्तार गरेर ओली-प्रचण्डहरुले अहिले देशमा युद्ध चलाएको आरोप लगाए ।

आफूहरुको पार्टीले देशमा दीर्घकालीन शान्ति चाहेको प्रष्ट पार्दै उनले दीर्घकालीन शान्तिका लागि बैज्ञानिक समाजवादले मात्र सम्भब हुने बताए।

कार्यक्रममा जिल्ला ईञ्चार्ज अग्नीले कन्चनपुर जिल्लामा सरकारी र नगर बिकासको जमिनमाथि दलालहरुले मापदण्ड बिपरित मनोमानी र अनियमिता गरिरहेको दाबी गरे।  दलालहरुको मनपरी र अनियमितताको बिषयलाई नेपाल कम्युनिष्ट पार्टीले गम्भीररुपमा नियालिरहेको बताउदै उनले  भूमाफियाहरुलाई जनकारबाही गर्ने चेतावनी दिनुभयो ।

साथै सोहि कार्यक्रममा बोल्दै अखिल (क्रान्तिकारी) सुदूरपश्चिम बिश्वविद्यालय इन्चार्ज तथा महाकाली ब्युरो संयोजक बिरेन्द्र शाहले सिक्षा क्षेत्रमा भईरहेको बिकृतिका कारण गरिब, किसानका छोराछोरीले चाहेको बिषय पढ्न नपाउने सिक्षा नीतिको बिरोध गरे।

सिक्षामा सबैको समान पहुँचका लागि कम्युनिष्ट विद्यार्थी अभियान देशैभरीचलिरहेको प्रष्ट पारे। सुप विश्वविद्यालयमा मनोमानी ढङ्गबाट  भएको कर्मचारी नियुक्तिको उनले बिरोध समेत गरे । नेकपा कंचनपुरका सेक्रेटरी राजेन्द्र बिस्टको अध्यक्षतामामा भएको कार्यक्रमको संचालन आरोह नेपालीले गरेका थिए । भने बिबसले स्वागत मन्तब्य राखेका थिए ।

कार्यक्रममा नेकपा केन्द्रीय सदस्य डिडि पाण्डे, ब्युरो सचिव संघर्ष, बैतडि जिल्ला ईन्चार्ज बासु देब, दार्चुला जिल्ला ईन्चार्ज जीवनलगायतका ब्युरोका नेता र जबस मोर्चाका प्रमुखहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा सामना सांस्कृतिक परिवारका कलाकारको बेजोड प्रस्तुति देखाएका थिए ।

२०७५ पुष १५ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड