इमान्दार संवाददाता
१७० पटक

काठमाडाैं । ठेलामा माेमाे बेच्दै गायक बनेका कपिल पौडेलको पहिलो गीत ‘साला काठमाण्डुमा’ सार्वजनिक भएको छ । गायक बन्ने सपना बोकेर काठमाडौं आएका कपिल लामो समयदेखि बानेश्वर चोकमा ठेलामा माेमाे बेच्दै आएका थिए ।

उनको गायकीको यूट्यूबमा चर्चा भएपछि उनी एकाएक चर्चित भएका थिए । उनै कपिलले पहिलो पटक आफ्नो आवाजमा गीत निकालेका हुन् । निरज भट्टको शब्दमा रहेको गीतमा कपिलकै संगीत रहेको छ ।

काठमाडौैमा सपना बोकेर आउने युवा र उनले काठमाडौंमा पाउने असफलता र दुख झल्काउने गीतमा शिशिर भण्डारीको अभिनय रहेको छ । काठमाडौंमा पाएको असफलतामा निराशा व्यक्त गर्न ‘साला काठमाण्डुमा’ भन्ने शब्द राखिएको कपिलको भनाइ छ ।

सन्तोष खनाल ‘फिल्मीकिरो’को निर्देशनमा बनेको भिडियोमा वाईपी घिमिरेको छायांकन रहेको छ । भिडियोलाई सन्जिप श्रेष्ठले सम्पादन गरेका हुन् । गीतको भिडियो नया-नया न्यूज नेपालको औपचारिक यूट्यूब च्यानलबाट सार्वजनिक भएको छ ।

यस्तै आउँदाे २७ पुषबाट देशब्यापी रिलिज हुने चलचित्र ‘चौका दाउ’को फर्स्ट लुकको रुपमा तीनवटा पोष्टर रिलिज गरिएको छ । एक साताअघि रिलिज गरिएको ट्रेलरले राम्रो चर्चा पाएपछि निर्माण पक्षले आइतबार पोष्टर रिलिज गरेको हो ।

मनोज राजभण्डारी र सौर्यजीत बास्कोटाले निर्माण गरेको चौका दाउलाई पूर्णेन्दु झाले निर्देशन गरेका हुन् । यो चलचित्रको पोष्टरमा मुख्य कलाकारहरुलाई उनीहरुको चरित्रमा उतारिएको छ ।

एउटा पोष्टरमा सिनेमाका चार जुवाडे रबीन्द्र झा, विल्सन बिक्रम राई, तैयब शाह र सन्तोष पन्तलाई देखाइएको छ । जसमा कलाकार सोनिका केसीलाई मदिराको सुराही सहित प्रस्तुत गरिएको छ । अर्को पोष्टरमा रबिन्द्र झलाई मधेसी, सन्तोष पन्तलाई शिख, तैयव शाहलाई मुस्लिम र विल्सन बिक्रम राईलाई हिमाली भेषमा उतारिएको छ ।

यही पोष्टरमा यी चारजना अभिनेत्री वर्षा राउतसँग केन्द्रित भएको वर्षाको तस्बिरले जनाउँछ । साथै अभिनेता अजश्र ढुँगाना, निर्मल शर्मा, योगी विकाशानन्द, शिवशंकर रिजाल (जोगिन्दर पानवाला)लाई पनि समेटिएको छ । अर्कोे पोष्टरमा पनि यी सबै कलाकारलाई समेटिएको छ । चौका दाउका परिकल्पनाकार एवम् वरिष्ठ संगीतकार शम्भुजीत बासकोटा हुन् । साढे चार दशकदेखि आफू चलचित्र एवम् संगीत क्षेत्रमा रहेको र यसलाई निरन्तरता दिन चौका दाउ निर्माण गरेको उनले बताएका छन् ।

चौका दाउ हास्यप्रधान सामाजिक प्रेमकथामा आधारित चलचित्र हो । यो चलचित्रमा कथा, संगीत र गायन पनि बासकोटाकै रहेको छ ।
अभिमन्यु निरवीको पटकथा र सम्वाद रहेको यो चलचित्रको छायांकारमा दीर्घ गुरुङ, सम्पादकमा मित्रदेव गुरुङ, द्धन्द्ध निर्देशकमा रोशन श्रेष्ठ, निर्माण संयोजकमा नरेन्द्र खड्का रहेका छन् ।

त्यस्तै नृत्य निर्देशकमा बसन्त श्रेष्ठ र भिमफेदी गाइज, गायनमा शम्भुजीत बासकोटासँगै कोमल राजभण्डारी र सुमन गुरुङ, रंग संयोजकमा भरत रेग्मी, निर्माण व्यवस्थापकमा सुवास काफ्ले रहेका छन् । सौर्य प्रोडक्सनको व्यानरमा निर्मित यो फिल्मलाई काठमाडौंमा गोपाल कायस्थ र मोफसलमा एफडीले वितरण गर्दैछ ।

चौका दाउमा वर्षा राउत, रविन्द्र झा, अजश्र ढुँगाना, सन्तोष पन्त, तैयव शाह, विल्सन विक्रम राई, निर्मल शर्मा, सोनिका केसी, सुनिता श्रेष्ठ ठाकुर, रोशनी सापकोटा, श्याम राई, रमेश अधिकारीलगायतको अभिनय छ ।

२०७५ पुष १३ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड