इमान्दार संवाददाता
१३७ पटक

तनहुँ । देशमा समामान्तर सत्ताको अभ्यास गरिरहेको नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले तनहुँमा एक जना ठेकेदारको जग्गा कब्जा गरेको छ ।

नेकपाले निर्माण गरेको जनसरकारले तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका वडा नम्बर १ डुम्रेमा ठेकेदार ऋषि अधिकारीको जग्गामा पार्टीको झण्डा गाडेर कब्जा भएको घोषणा गरेको छ ।

नेकपाले अधिकारी एक जमिन माफियाको रुपमा उदाउदै गरेको र उनले स्थानीय प्रशासनकाे आड र राजनीतिक संरक्षणमा सार्वजनिक जग्गा मिचेको भन्दै आफ्नो पार्टीको जनसरकारले कब्जामा लिएको जनाएको छ ।

नेकपाका जिल्ला सेक्रेटरी सुजनले सरकारी निकायमा ठेक्कापट्टाको काम गर्ने अधिकारीको स्थानिय जनतालाइ जानकारी नै नहुने गरी सरकारी र सार्बजनिक जग्गा हडप्न थालेको निबेदन जनसरकारमा परेपछि पार्टीले कारबाही गरेको संचार केन्द्रलाई जानकारी दिए ।

सेक्रेटरी सुजनले ऋषि अधिकारी मात्र नभई तनहुँमा यसरी सार्बजनिक जग्गा हडप्दै निजी बनाउने अरु पनि थुप्रै भुमाफियाहरुको लिस्ट पार्टीले तयार गरेको र जिल्लामा अब शृंखलाबद्धरुपले आफुहरुले कारबाही अगाडी बढाउदै जाने बताएका छन्।

नेकपाले कब्जामा लिएको जग्गा अधिकारीले आफ्नो भन्दा केही बढी सार्वजनिक जग्गा हडपेर निजी बनाएको, दुबैतिरको खोलाको मापदण्ड समेत मिचेको उजुरी जनसरकारमा परेको सेक्रेटरी सुजनले बताएका छन् ।

जग्गा कब्जा गरेपछि नेकपाले उक्त स्थानमा एक पर्चा छोडेर गएको छ । उक्त पर्चामा सबै खाले जनविरोधी हर्कतका बिरुद्ध आफ्नो जनसरकारले जनसंघर्ष मार्फत देशब्यापीरुपमा दलाली, भ्रष्टाचारी, घुसखोरी, लुटेरा गुण्डागर्दी र अनेकखाले माफिया बिरुद्ध कारबाही अगाडी बढाई रहेको जानकारी दिएको छ ।

त्यस्तै तनहुँमा ठेकेदारहरुले सत्ता र शक्तिको आडमा सार्बजनिक जग्गा हडप्दै निजि बनाउने क्रम बढिरहेकाले त्यसरी आफ्नो व्यक्तिगत स्वार्थ पुरा गर्ने दलालहरु बिरुद्ध आफ्नो पार्टीले अभियान नै चलाएर कारबाही अगाडी बढाएको जनाइएको छ ।

नेकपा तनहुँले भूमाफियाहरुले सार्बजनिक जग्गामा घर बनाएर भाडामा लगाउने गरेको समेत जनताको गुनासो र उजुरी परेको भन्दै त्यस्ता हर्कात तुरुन्त सच्याउन सम्बन्धित पक्षलाई चेतावनी दिदै नासच्चिए कारबाही गर्ने बताएको छ ।

२०७५ पुष ९ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड