इमान्दार संवाददाता
२५७ पटक

बैतडी । देशमा फरक र समानान्तर सत्ताको अभ्यास गरिरहेको नेपाल कम्युनिष्ट पार्टीले संचालन गरेको सङ्गठन बिस्तार तथा सुदृढ अभियानसंगै अन्य पार्टीका नेता कार्यकर्ता एकीकृत जनक्रान्तिको कार्यदिशामा लामबद्ध हुने क्रम तिब्र छ ।

यसैबीच ओली प्रचण्ड नेतृत्वको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई बैतडीमा धक्का लागेको छ । शनिबार जिल्ला सदरमुकाम गोठालापानीमा विप्लव नेतृत्वको नेकपाले आयोजना गरेको भब्य जनसभामा सत्तारुढ नेकपाका २७ नेता कार्यकर्ता पार्टी प्रवेश गरेका छन् ।

नवप्रवेशीहरुलाई नेकपाका पोलिटब्युरो सदस्य ओमप्रकाश पुन र पार्टी केन्द्रीय सदस्य देवीदत्त पाण्डेले स्वागत गरेका थिए । क्रान्तिको बाटोबाट भागेर प्रचण्डले सिङ्गो पार्टीलाई नितान्त व्यक्तिगत स्वार्थपूर्तिका लागि ओलीलाई सुम्पिएको र ओलीको उखान टुक्काले मात्रै देशमा परिवर्तन नहुने भन्दै नवप्रवेशीहरुले जनताकाे जनसत्ता र बैज्ञानिक समाजवाद प्राप्तिका लागि एकीकृत जनक्रान्तिको बाटाेमा संघर्ष गर्नुपर्ने बताए ।

 

यसैबीच सोहि कार्यक्रमको प्रमुख अतिथिको रुपमा बोल्दै नेता पुनले प्रचण्ड बाबुरामको पतनले समाजवादलाई विचलनको बाटोमा लागेको दावी गरेका छन् ।

‘प्रचण्ड र बाबुरामकाे पतन भनेको महासचिव कमरेड बिप्लवले भन्नुभएझै सामान्य पतन होइन, महापतन नै हो ।’ कार्यक्रमलाई संबाेधन गर्ने क्रममा नेता पुनले भने- ‘कार्लकाउत्कि र वर्नस्टिनकाे दक्षिणपन्थी संसाेधनवाद जाे संसदबाट समाजवादमा जाने बिचलनकाे बाटाेलाई रुसमा ख्रुस्चाेभ र नेपालमा एमाले हुदै हाल प्रचण्डले बाेकेर हिडेका छन, यो जनताप्रतिकाे ठुलाे जालझेल र धाेका हाे।’

१० बर्षे जनयुद्धको बेला एमालेले ओकल्दै आएको ख्रुस्चाेभि बासी डकार हाल साविककाे माओवादी केन्द्रका प्रचण्ड मण्डलिले ओकल्दै आएकोमा त्यसको भ्रमलाई चिर्न आवश्यक रहेको भन्दै नेता पुनले अब एकीकृत जनक्रान्तिमार्फत समाजवाद स्थापना हुने बताए ।

त्यस्तै सभालाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय सदस्य देविदत्त पाण्डेले निर्मला पन्तको हत्यारालाई सरकारले नै संरक्षण गरेकोले दावी गर्दै पार्टीले त्यसको छानबिन गरिरहेको बताए ।

सभामा अखिल क्रान्तिकारीका महाकाली ब्युराे संयाेजक बिरेन्द्र शाह, अनेमसंघ क्रान्तिकारीकी केन्द्रीय सदस्य सर्मीला थापा, महाकाली ब्युरो कार्यालय सचिव संघर्ष, महिला नेतृ तथा महाकाली ब्युरो संयाेजक ममता सुर्खेती, युवा संघ नेपालका केन्द्रीय सदस्य तथा महाकाली ब्युरो संयाेजक श्याम भट्ट लगाएतकाे सहभागिता रहेको थियोे ।

कार्यक्रममा पुर्व माओवादी केन्द्र लगाएतबाट २८ जनाले नेकपा प्रबेश गरेका छन् । पार्टीका नवप्रबेशिलाई नेता पुन र केन्द्रीय सदस्य पाण्डेले टिकाल गाएर स्वागत गरेका थिए ।

देशभर संगठन सुदृढ तथा बिस्तार अभियानलाई तिब्र पारेको नेकपाले सोहि अभियान अन्तर्गत शनिबार बैतडीको सदरमुकाम गोठालापानीमा भब्य जनसभा तथा सांगीतिक कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा सामना सांस्कृतिक परिवारको बेजोड प्रस्तुति रहेकाे थियो ।

२०७५ पुष ८ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड