इमान्दार संवाददाता
१७० पटक

भद्रपुर । मेचीनगर, झापाका नेपाल कम्युनिष्ट पार्टी  (नेकपा) नेता दीपक भण्डारी बुधबार बिहानदेखि सम्पर्कविहीन भएका छन् । हराएको २४ घण्टा बितिसक्दा पनि परिवारको सम्पर्कमा नआएपछि उनको खोजी सुरु भएको छ।

तत्कालीन नेकपा एमालेको मेचीनगर अध्यक्ष रहेका भण्डारी मेचीनगर–१० स्थित आफ्नै घर नजिकबाट बुधबार बिहान करीब साढे ९ बजेदेखि सम्पर्कविहीन भएका उनकी पत्नी गीता भण्डारीले बताइन्।

‘हिजो (बुधबार) बिहान साढे ९ बजेतिर कलेज जान्छु भनेर घरबाट बाहिर निस्कनुभएको थियो, त्यसपछि उहाँसँग सम्पर्क हुनसकेको छैन’, उनले भनिन्।

नेता भण्डारीले आफ्नो मोटरसाइकल र दुई थान मोबाइल घरमै छाडेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले उनी सम्पर्कविहीन भएको खबर आएलगत्तै खोजीकार्यका लागि प्रहरी परिचालन गरिएको जानकारी दिए।

बुधबार बिहान ८ बजेतिर आफ्नै लगानी रहेको हिमालयन मल्टिपल कलेजमा आएर नेता भण्डारी फर्किएका कलेजका सञ्चालक भाष्कर निरौलाले बताए। प्रहरी नायब उपरीक्षक श्रेष्ठले नेता भण्डारीको मोबाइलको कल डिटेल लिने र उनसँग आर्थिक कारोबार भएकाहरुसँग बुझ्ने कार्य भइरहेको जानकारी दिए।

२०७५ पुष ५ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड