इमान्दार संवाददाता
२९८ पटक

कैलाली। नेपाल कम्युनिष्ट पार्टीको महाकाली ब्यूरोले संगठन सुदृढ तथा बिस्तार अभियानलाई तिब्र पारेको छ । ब्यूरोले आइतबार डडेल्धुराको आलितालमा बिशाल जनसभा गरेको ब्यूरो कार्यालय सचिव संघर्षले सञ्चार केन्द्रलाई जानकारी दिएका छन्।

पार्टीका जिल्ला सचिव बिजयको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा पार्टीका पोलिटब्युरो सदस्य ओम प्रकाश पुन प्रमुख बक्ताको रुपमा सहभागी भएका थिए ।

कार्यक्रममा आफ्नो मन्तब्य राख्दै पुनले वाम नामको नक्कली कम्युनिष्टहरुको जत्थाले देशलाई बर्बादीको दिशातिर धकेलेको आरोप लगाएका छन् । प्रचण्ड केपी कम्युनिष्ट मात्र नभई बाम समेत नरहेको बताउदै पुनले देशमा आफुहरु र आफ्नो पार्टी मात्र सच्चा कम्युनिष्ट रहेको दाबि गरेका छन् ।

ओली प्रचण्डले समाजवादको खोक्रो आदर्श जनतालाई बाँडे पनि उनिहरु नक्कली कम्युनिष्ट भएको भन्दै पुनले समाजवादमा पुग्नका लागि आफ्नो पार्टीले उक्त एजेण्डा बोकेको र क्रान्तिको बाटोमा हिडीरहेको बताउदै एकीकृत जनक्रान्तिले मात्र उक्त लक्ष पूरा हुने दाबी गरे।

कार्यक्रममा बोल्दै ममता सुर्खेतीले नेपालमा महिलाहरुमाथीको विभेद र महिला हिँसा व्यापक बढेको भन्दै त्यसका बिरुद्ध आफ्नो संगठनले सशक्त कदम चल्ने तयारी गरिरहेको बिचार ब्यक्त गरेकी थिइन्।

सभाका अर्का बक्ता अखिल नेपाल क्रान्तिकारी टेड्रयुनियन महासङका उपाध्यक्ष अनुकुलले नेपालमा मजदुरहरुमाथि हुने विभेद अन्त्यको निम्ति वर्ग संघर्ष अनिवार्य भएको भन्दै त्यसका लागि एकीकृत जनक्रान्तिको बाटोमा अघि बढ्न श्रमजीवी मजदुरहरुलाई आह्वान गरेका छन् ।

राज्यले मजदुरहरुमाथि विभिन्न खालका अन्याय गरेको बताउदै अनुकुलले त्यसका विरुद्धमा आफुहरुले जेहाद छेड्ने र उक्त आन्दोलनबाट पैदा हुने बलले राज्य सञ्चालकहरुको उठीवास लाग्ने बताए ।

कार्यक्रममा पार्टीका महाकाली ब्यूरो कार्यलय सचिव संघर्ष, डोटी जिल्ला इन्चार्ज शिखर, ब्यूरोका न्याय बिभाग प्रमुख अमर, पुर्व सांसद हरिलाल थापा, महिला संगठनकी केन्द्रीय नेता ममता सुर्खेती लगायतका अथितिहरुले आफ्ना भनाई राखेका थिए ।

पार्टीको योजनाअनुसार देशैभर अभियानमा सहभागिता जानाउदै आएको केन्द्रीय टोली सामाना जनसांस्कृतिक परिवारले कार्यक्रममा आफ्नो सांगीतिक प्रस्तुति राखेको थियो।

यस्तै अभियान टोलीले शनिबार डडरल्धुराको परशुराम नगरपालिकाको प्रशासनिक क्षेत्र जुगबुढालगायतका ठाउँमा जनसभा सम्पपन्न गरेको थियो।

२०७५ पुष १ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड