इमान्दार संवाददाता
१५० पटक

रुपन्देही । जिल्लाको तिलोत्तमामा एक युवकको हत्या भएको छ । तिलोत्तमा नगरपालिका–७ दल्गाका २६ वर्षीय अशोक मुसहरलाई बुधबार राति स्थानीय २२ वर्षीय शिवपूजन चौधरीले ढुङ्गाले हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक हृदय थापाले जानकारी दिए ।

‘बुधबार खेतमा शव देखेपछि स्थानीयवासीले खबर गर पछि अनुुसन्धान गर्दै जाँदा चौधरीलाई पक्राउ गरियो’, प्रहरी उपरीक्षक थापाले भने, ‘चौधरीले पनि हत्या गरेको स्वीकार गरे ।’

बुधबार राति पिवाहमा साउण्ड सिस्टमको विषयलाई लिएर अशोक र शिवपूजनबीच झगडा भएको थियो । झगडापछि शिव पूजनले अशोकलाई घर जाउ भनी खेतमा ल्याई ढुङ्गाले टाउकोमा हानेर हत्या गरेको स्विकारेको इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डिलबहादुर मल्लले बताए । अभियुक्त चौधरीलाई पक्राउ गरी थुनामा थप अनुसन्धान थालिएको छ ।

यसैबीच यता ललितपुरको गोदामचौरमा भएको सामूहिक बलात्कार घटनाका दुई अभियुक्त फेरि पक्राउ परेका छन् । यसअघि जिल्ला अदालतको आदेशले तारेखमा छुटेका उनीहरुलाई उच्च अदालतले थुनामा राखी मुद्दाको पुर्पक्ष गर्न आदेश दिएपछि प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय अपराध महाशाखाको विशेष टोलीले घटनाका अभियुक्त गोदावरी नगरपालिका गोदामचौरका २१ वर्षका विशालध्वज कार्की र २१ वर्षकै पवन कुँवरलाई बुधबार दिउँसो ललितपुरको गोदावरीबाट पक्राउ गरेको हो । यसअघि गत वर्ष पुस २६ गते उनीहरुलाई जिल्ला अदालतले तारेखमा छाड्न आदेश दिएको थियो । तर, उच्च अदालत पाटनले गत वर्षकै पुस २५ गते उनीहरुलाई थुनामा राखी मुद्दा पुर्पक्ष गर्न आदेश दिएको थियो ।

घटनामा रघु सिलवाल, विशालध्वज कार्की र पवन कुँवरलाई प्रतिवादी बनाइएको थियो । त्यसमध्ये सिलवाल पक्राउ परेका छैनन् । उनीहरुले अघिल्लो वर्ष मंसिसर २ गते माइतीबाट फर्किरहेका बेला एक महिलालाई सामूहिक बलात्कार गरेका थिए । मंसिर ३ गते तोरीबारीमा अचेत अवस्थामा फेला परेकी उनको टाउकोमा ढुंगा प्रहार गरिएको थियो ।

ज्यान मार्ने उद्योग, सामूहिक बलात्कार र चोरी मुद्दाका अभियुक्तहरूलाई ललितपुरका जिल्ला न्यायाधीश बालमुकुन्द दवाडीको एकल इजलासले साधारण तारेखमा रिहा गरेको थियो । त्यसपछि उनीहरू फरार थिए । ज्यान मार्ने उद्योग र सामूहिक बलात्कारको मुद्दामा साधारण तारेखमा छोड्न नमिल्ने कानुनी व्यवस्था छ ।

२०७५ मंसीर २७ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड