इमान्दार संवाददाता
४० पटक

बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिकामा एक करोड रुपैयाँको लागतमा पालिकास्तरीय खेल मैदान निर्माण सुरु गरिएको छ ।

गाउँपालिकाको वडा नं. ३ श्रीकोट र वडा नं ७ देउलेकको सीमाना लवलेकमा खेलमैदान निर्माण सुरु गरिएको हो । खेल मैदान निर्माण गर्न गाउँपालिकाले चालू आर्थिक वर्षमा १५ लाख रुपैयाँ विनियोजन गरेको छ ।

२ सय मिटर चौडाई र ४ सय मिटर लम्वाई हुने उक्त खेलमैदानका लागि थप बजेटका लागि प्रदेश सरकार र संघीय सरकारसँग माग गरिएको गाउँपालिका अध्यक्ष चक्र कार्कीले बताए ।

सुविधा सम्पन्न खेल मैदान निर्माण गर्न गाउँपालिकाले आगामी वर्ष पनि केही रकम विनियोजन गर्ने उनले जानकारी दिए ।

२०७५ मंसीर १६ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड