इमान्दार संवाददाता
१०८ पटक

काठमाडौं । क्रिश्चियन धर्म प्रचारक संस्थाले गरेको कार्यक्रममा सरकारको संलग्नता रहेको भन्दै काठमाडौंका विभिन्न स्थानमा प्रदर्शन भएका छन् ।शनिबार बिहानै प्रदर्शन हुन जम्मा भएका दुई दर्जनभन्दा धेरैलाई प्रहरीले पक्राउ गरेको छ ।

एसिया प्यासेफिक समिटको विरोध गर्न सडकमा निस्केकाहरुलाई प्रहरीले धरपकड गरेको हो । काठमाडौंको चुच्चेपाटीसहितका स्थानबाट पक्राउ परेका उनीहरूलाई प्रहरीले भ्यानमा राखेर लगेको छ ।

प्रहरीले प्रदर्शन सुरु नहुँदै धरपकड सुरु गरेको छ । सडकमा चार–पाँच जनाको समूह देख्ने बित्तिकै प्रहरीले पक्राउ गरिरहेको छ । यता युनिभर्सल पिस फेडरेसनको आयोजनामा आजदेखि काठमाडौँमा एशिया प्रशान्त सम्मेलन हुँदैछ ।

राजधानीको ह्यात रिजेन्सी होटलमा दुई दिनसम्म चल्ने सम्मेलनमा सहभागी हुन आधा दर्जन मुलुकका राष्ट्र÷सरकार प्रमुखका साथै अन्य मुलुकका विशिष्ट पाहुनाहरु नेपाल आइपुगेका छन् ।

सम्मेलनमा ‘वर्तमान समयका गम्भीर चुनौतीमाथि सम्बोधन : अन्तरनिर्भरता, पारस्परिक समृद्धि र विश्वव्यापी मान्यता’ विषयमा विभिन्न सत्रमा बहस तथा छलफल हुनेछ । सम्मेलनको अन्त्यमा काठमाडौँ घोषणापत्र जारी हुनेछ । सम्मेलनको उद्घाटन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित विभिन्न मुलुकका सरकार तथा राष्ट्रप्रमुखबाट सम्बोधन हुनेछ ।

उद्घाटन सत्रपछि ‘शान्ति, विकास, सुशासन र सांसदहरुको भूमिका’, ‘आस्थामा आधारित सङ्गठन र नागरिक समाजको भूमिका’, ‘जलवायु परिवर्तन’, ‘वर्तमान समयको महत्वपूर्ण चुनौती समाधान गर्न सञ्चारमाध्यमको भूमिका’ र ‘विश्वव्यापी शान्ति प्रक्रिया तथा शान्ति परियोजना’ विषयमा छुट्टाछुट्टै सत्रमा छलफल हुने आयोजकले जनाएको छ ।

२०७५ मंसीर १५ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड