इमान्दार संवाददाता
७३ पटक

काठमाडौं । कोरिया र नेपालबीचको सम्बन्ध जनस्तरमा नै विस्तार गर्ने उद्देयले कोरियाली राजदूतावासले आयोजना गरेको कोरिया–नेपाल सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ।

दुई देशबीचको कला र संस्कृति आदानप्रदानका लागि शुक्रबार होटल हिमालयमा कार्यक्रम सम्पन्न भएको थियो। दूतावासले नेपालमा दोस्रो पटक यस्तो कार्यक्रमको आयोजना गरेको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपालका लागि कोरियाली राजदूत पार्क योङ सिङले कोरिया र नेपाल भौगोलिक रुपमा टाढा भए पनि भावनात्मक रुपमा नजिक भएको बताए। उनले भने, ‘हाल कोरियामा करीब ३५ हजार नेपाली रोजगारीका लागि गएका छन्। अन्य मुलुकको तुलनामा नेपाली कामदार विश्वासिलो र अनुशासित रुपमा परिचत छन्।’

राजदूत सिङले कोरियाबाट फर्केका युवाले नेपालमा नै उद्यमी भई देश विकासमा योगदान दिएको भन्दै उनले खुशी व्यक्त गरे। दूतावासले गत वर्ष पनि कोरियन फुड फेस्टिभल, वक्तृत्वकला प्रतियोगितालगायतका साँस्कृतिक कार्यक्रम आयोजना गरेको दूतावासकी थर्ड सेक्रेटरी क्वोन जिनसुनले बताइन्। सांस्कृतिक कार्यक्रमले दुई देशका जनतालाई जोड्न सहयोग गरेको उनको भनाइ थियो।

दूतावासले प्रत्येक दुई वर्षमा राजदूत कप तेक्वान्दो प्रतियोगिता, केकप प्रतियोगितालगायतका साँस्कृतिक कार्यक्रम आयोजना गर्दै आएको छ। कोरियामा काम गरी फर्किएका नेपालीको संगठन अंकुरले गत सेप्टेम्बरमा निजी क्षेत्रले देश विकासमा खेल्ने भूमिका विषयक कार्यपत्र प्रस्तुत गरेको थियो।

शुक्रबार काठमाडौमा आयोजना गरिएको सास्कृतिक कार्यक्रममा कोरियाली खाना (खिम्छि) बनाउन सिकाइएको थियो। जसमा ४० जना नेपालीले सहभागिता जनाएका थिए। त्यस्तै, तेक्वान्दो र नेपाली युवाहरुले कोरियाली नृत्य प्रस्तुत गरेका थिए।

२०७५ मंसीर ८ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड