इमान्दार संवाददाता
२६४ पटक

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको अाज काठमाडौंमा विशाल जनसभा हुन लागेको छ । पार्टीको पाँचौं पुर्नगठनको अबसर पारेर नेकपाले जनसभा अायोजना गरेको हो । पूर्व घोषित कार्यक्रमको लागि देशभरबाट सर्वसाधारण तथा नेकपाका नेता-कार्यकर्ता तथा समर्थक-शुभचिन्तक काठमाडौं पुग्दैछन् ।

टाढा टाढा जिल्लाबाट अाउने शुक्रबार साँझ नै काठमाडौं नजिक पुगिसकेका थिए भने नजिकका जिल्लाबाट अाज विहान यात्रा सुरु गरेको बताइएको छ ।

जनसभा भृकुटीमण्डपमा हुने भएको छ । काठमाडौंको ट्राफिक जामलाई ध्यानमा राखेर जनसभाको स्थान परिवर्त गरिएको हो । यसअघि रत्नपार्कस्थित शान्तिवाटिका जनसभाको गर्ने भनिएको थियो ।

कार्यक्रलाई पार्टीका स्थायी समिति सदस्य तथा प्रवक्ता प्रकाण्डले सम्बोधन गर्ने भएका छन् । त्यस्तै अन्य कम्युनिस्ट घटकहरुलाई पनि कार्यक्रममा निम्तो दिइएको छ । नेकपा (माले)का महासचिव सीपी मैनाली, माओवादी केन्द्रका अध्यक्ष गोपाल किराँती, नेकपाका अध्यक्ष ऋषि कट्टेलले पनि जनसभालाई सम्बोधन गर्ने नेकपाले जनाकारी दिएको छ ।

त्यस्तै जनसभाको अध्यक्षता नेकपा केन्द्रीय सल्लाहकार समितिका सचिव चित्रबहादुर आलेले बताइएको छ भने संचालन पोलिटब्युरो सदस्य उमा भुजेलले गर्ने भएकी छन् । जनसभमा सहभागी सबैलाई स्वागत पोलिट्ब्यूरो सदस्य पदम राईले गर्ने भएका छन् ।

त्यसैगरी नेकपाले काठमाडौंका तीन स्थानबाट केन्द्रीय नेताहरुको नेतृत्वमा र्याली पनि निकाल्ने जानकारी दिएको छ । कालीमाटीबाट सुरू हुने विभिन्न जनजाति, संस्कृतिसहितको जुलुसको नेतृत्व पार्टी पोलिटब्युरो सदस्यहरू जीवन्त र गम्भीरले गर्ने भएका छन् । बबरमहलबाट निस्कने जुलुसको नेतृत्व पदम राई, लैनचौरबाट निस्कने जुलुसको नेतत्व नेतृ भुजेलले गर्ने भएकी छन् ।

पूर्वीकमान्डका अन्य केन्द्रीय नेताहरु बबरमहलमा, मध्यकमान्डका केन्द्रीय नेताहरु कालीमाटी पश्चिम तथा सुदूरपश्चिम कमान्डका नेताहरु लैनचौरबाट निस्कने जुलुसमा सहभागी हुने बताइएको छ । नेकपाले काठमाडौंका विभिन्न ठाउँहरुमा स्वगत गेट, व्यानर, वाल पेन्टिङ पनि गरेको छ ।

जनसभामा कम्तिमा पनि हजार सर्वसाधारणको उपस्थिति हुने नेकपाले दाबी गरेको छ । शुक्रबार साँझ जनसभा परिचालन समितिको बैठक बसेर सबै तयारी पूरा भएको बताएको थियो ।

जनसभाको टेलिभिजन, रेडियो र अनलाइनहरुले प्रत्यक्ष प्रसारण गर्ने नेकपाले जनाएको छ । एभिन्यूज, सगरमाथा, माउन्टेन र एपीवन टेलिभिजनले जनसभाको प्रत्यक्ष प्रसारण गर्ने बताइएको छ

२०७५ मंसीर ८ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड