इमान्दार संवाददाता
२१३ पटक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले आगामी मंसिर ८ गते काठमाडौंको शान्तिवाटिकामा आयोजना गर्न लागेको बिशाल जनसभाको तयारी पुरा भएको जनाएको छ । बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै नेकपाले यस्तो बताएको हो ।

पार्टी पुनर्गठनको पाँच बर्ष पुरा भएको अवसरमा नेकपाले आगामी मंसिर ८ गते काठमाडौं बिशाल जनसभा तथा जनप्रदर्शन कार्यक्रमको आयोजना गरेको छ । उक्त कार्यक्रमलाई नेकपा प्रवक्ता प्रकाण्डले सम्बोधन गर्ने पत्रकार सम्मेलनका क्रममा उक्त पार्टीका केन्द्रीय सदस्य चिरन पुनले बताए ।

‘सम्पूर्ण कम्युनिष्ट, वामपन्थी, देशभक्त र लोकतान्त्रिक शक्ति एक होऔं, वैज्ञानिक समाजवाद स्थापनाका लागि संघर्ष गरौं’ भन्ने मुल नाराकासाथ आफूहरुले उक्त जनसभाको आह्वान गरेको पुनले जानकारी दिए ।

नेता पुनले ‘एकीकृत जनक्रान्ति’को कार्यदिशामार्फत वैज्ञानिक समाजवाद हाँसिल गर्ने बताउदै उनले त्यसको लागि यही मंसिर ८ गतेबाट साताव्यापी पूनर्गठन दिवस मनाउने पनि घोषणा गरे ।

‌नेकपाको आमसभामा मित्र पार्टीका रुपमा बैद्य माओवादीलगायत केही शीर्ष नेतालाई निम्तो दिईएको छ। तर सरकारको नेतृत्व गरिरहेको (नेकपा) र संसदको प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसलाई उक्त भेलाको लागि आफूहरुले निम्तो नदिएको उनले प्रष्ट पारे ।

नेकपाले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र कांग्रेसलाई दलाल पुँजीवादका मतियार भएको भन्दै जनता र देशलाई धोका दिएको आरोप लगाएको छ ।

उनले भने,‘वर्तमान सरकारबाट जनतामाथि ठूलो धोका भएको छ, जनताले दुःख पाएका छन्, सबैभन्दा बढि जनताकोबीचमा रहेको हाम्रो पार्टीलाई न्यायको फैसला गर्न भनेका छन्, त्यसैअनुरुप हामीले मंसिर ८ गते पार्टी पुनःगठन दिवसको अवसरमा जनताका आवाजबारे हाम्रो पार्टीका प्रवक्ताले सम्बोधन गर्नुहुनेछ ।’

पार्टीका महासचिव क. विप्लवलाई लुकाउनुको कारण के हो नि ? भनेर पत्रकारले सोधेको प्रश्नको जवाफमा पुनले भने,‘पार्टीको निर्णयअनुसार नेकपाका प्रवक्ता खड्क बहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले भेलाको सम्बोधन गर्नुहुनेछ, उहाँ लुक्नुभएको पनि होईन, लुकाएका पनि होईनौं, आजको दिनमा सबैभन्दा धेरै जनता भएको पार्टी हाम्रो पार्टी हो, विशेष कारणबश उहाँ आउनु हुनेछैन्।’

जनसभामा देशैभरिबाट हजारौंको संख्यामा जनता काठमाडौं आउने नेकपाको विश्वास छ ।

२०७५ मंसीर ५ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड