इमान्दार संवाददाता
६७ पटक

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिगमा संकटाले लगातार दोस्रो जित निकालेको छ ।

सातदोबाटोस्थित एन्फाको खेलमैदानमा भएको प्रतिस्पर्धामा लगातार दोस्रो जित निकाल्ने क्रममा संकटाले जावालाखेल युथ क्लबलाई २-० ले पराजित गरेको छ ।

संकटाको जितमा सेड्रिक अबा नायक बनेका छन् । दुवै गोल उनले नै गरे । खेलको १९ औं मिनेटमा एलोन म्याक्सवेलले दोहोरो पहेँलो कार्ड पाएपछि संकटा संकटमा परेको थियो ।

१० खेलाडीमा सिमित भएपनि संकटाले दोस्रो हाफमा उत्कृष्ट खेल पस्कदै जित निकाल्यो । संकटाका लागि सेड्रिकले ५७ औं र ८५ औं मिनेटमा गोल गरे । सेड्रिक खेलको म्यान अफ द म्याच भए ।

संकटाले पहिलो खेलमा सरस्वती युथ क्लबलाई १-० ले पराजित गरेको थियो । जावालाखेलले भने हालसम्म जित निकाल्न सकेको छैन ।

२०७५ मंसीर ३ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड