इमान्दार संवाददाता
११४ पटक

धादिङ | धादिङ र गोरखाको सिमानामा पर्ने धादिङ ज्वालामुखी ५ बुंकोटघाटमा २ समुहबीच झडप हुदाँ १ प्रहरी असईसहित आधा दर्जन स्थानीय घाइते भएका छन् ।

हरिबोधनी एकादशीको अवसरमा सोमबार बिहानैदेखि सुरु भएको मेलामा फाइट हुँदा  ज्वालामुखी गाउँपालिकास्थित साद भन्ज्याङका असई विनय कुमार पाण्डे घाइते भएका छन् ।

स्थानीय र प्रहरीले दिएको जानकारी अनुसार गोरखापट्टिबाट आएको समूहले धादिङपट्टी भएको जात्रामा आक्रमण गरेको थियो । झडप नियन्त्रण गर्ने क्रममा असई पाण्डे घाइते भएका हुन् । उनलाई उपचारका लागि काठमाडौँ स्थित प्रहरी अस्पताल ल्याइएको धादिङ प्रहरीले जानकारी दिएको छ ।

झडपमा ३ बोलेरो र ४ वटा मोटरसाइकल तोडफोड भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । झडपका क्रममा दुवै पक्षका केहि घाइते भएको भए पनि कोहि सम्पर्कमा नआएकाे प्रहरीले जनायो । लंगुरबुर्जा खेलाउने क्रममा भएको सामान्य विवादले पछि झडपको रुप लिएको बताईएको छ ।

झडपमा संलग्न गोरखाका केहि शंकास्पद व्यक्तिहरुको खोजी भइरहेको जिप्रका धादिङका प्रहरी निरीक्षक केशव सिङ थापाले जानकारी दिए ।

तस्वीर: सुशान श्रेष्ठ

२०७५ मंसीर ३ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड