इमान्दार संवाददाता
११८ पटक

गाईघाट । कन्चनपुरकी १३ बर्षीय वालिका निर्मला पन्तलाई बलात्कारपछि हत्या गर्ने अपराधीहरु घटनाको २ महिना बढी बितिसक्दा पनि पत्ता लगाउन नसकिरहेका बेला उता उदयपुरमा भने १३ बर्षिया बालिकाको बलात्कारपछि हत्या गर्ने २ किशोर एक सातामै पक्राउ परेका छन् ।

उदयपुरको रौतामाई गाउँपालिका–३ लाफागाउँमा बाख्रा चराउन गएकी १३ वर्षीया बालिका एन्जिना खड्काको गत शनिबार भएको हत्यामा संलग्न दुई अभियुक्तहरुलाई प्रहरीले बिहिबार सार्वजनिक गरेको छ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख चन्द्रदेव राईले पत्रकार सम्मेलन गरी उक्त घटनाबारे जानकारी दिदै बालिका हत्यामा संलग्न दुई किशोर १४ वर्षीय बहादुर राई (नाम परिवर्तन) र अर्का १७ वर्षीय बिपललाई बालिका हत्याको अभियोगमा ४ दिनको अनुसन्धानपछि आज सार्वजनिक गरिएको हो।

प्रहरीका अनुसार गत शनिबार बालिका खड्का घर नजिकैको जंगलमा एक्लै बाख्रा चराउन गएकी थिइन्। बालिका एक्लै देखेर दुई अभियुक्तले बालिकाको बलात्कारपछि हत्या गरेको स्वीकार गरेको अनुसन्धानबाट खुल्न आएको छ ।

बाख्रा चराउन गएकी बालिका राति अबेरसम्म घरमा नआएपछि अभिभावकसहित छिमेकीले रातभरि खोज्ने क्रममा आइतबार २ बजे मात्रै उनको शव भेटेका थिए।

नजिकैको खरबारी पाखाको एक रूखको फेदमा शरिरमा लगाएको कपडा च्यातिएको, घाँटीमा निलडाम र मुखमा कपडा खाँदेको अवस्थामा मृतावस्थामा बालिकाको शव भेटिएको प्रहरीले बताएको छ।

घटना अनुसन्धान गर्न प्रहरीले घटनास्थलमा चिकित्सकको टोली, तालिम प्राप्त कुकुरसहितको प्रविधि प्रयोग गरेको थियो भने शव परीक्षणको लागि सुनसरीको बिपी मेमोरियल अस्पताल पठाएको प्रहरीले जनाएको छ।

अनुसन्धानमा प्रहरीले ६ जना पक्राउ गरे पनि हत्यामा संलग्न दुई जना मात्र भएको पुष्टि भएपछि आज अभियुक्तहरुलाई सार्वजनिक गरेको बताएको छ।

२०७५ कात्तिक २९ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड