इमान्दार संवाददाता
३० पटक

काठमाडौं । दिनभर ट्याक्सी चलाउने र राती भएपछि विभिन्न पसलहरुमा चोरी गर्दै हिड्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । सटरको ताला फुटाएर चोर्ने रामेछापको दोरम्बा गाउँपालिका–४ का २९ वर्षीय गंगाबहादुर तामाङलाई प्रहरीले पक्राउ परेको हो।

गत कात्तिक १० गते राति २ बजे मखनमा मिनराज घिमिरेले सञ्चालन गरेको कस्मेटिक पसलको ताला फुटाई अन्दाजी १० लाख रुपैयाँ बराबरका सामानहरु चोरी गरेर ट्याक्सीमा राखेर लाँदै गरेको सिसिटिभी फुटेजमा देखिएपछि उनको खोजी भइरहेको थियो ।

तामाङलाई कात्तिक २६ गते मछिन्द्रबहालबाट पक्राउ गरिएको हो । महानगरीय प्रहरी परिसर काठमाडौंले बा २ ज ३३४३ नम्बरको ट्याक्सी चालक तामाङले चोर्ने बेला राति ट्याक्सी लिएर जाने र चोरेका सामान ट्याक्सीमा हालेर हिँड्ने गरेको जनाएको छ।

कात्तिक २६ गते असन बालकुमारीमा मेघराज दुलालले सञ्चालन गरेको कस्मेटिक पसलको ढोका फुटाई चोरी गरेका थिए। उनले २६ गते नै अन्य दुई वटा पसल चोरी गरेको पाइएको छ।

८ वटा भन्दा बढी सटर फुटाएर उनले ३० लाख रुपैयाँ भन्दा बढीको सामान चोरी गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ। तामाङ यसभन्दा अघि २०६८ सालमा चोरी मुद्धामा पक्राउ गरी सजाय पाएर छुटेका व्यक्ति समेत रहेको अनुसन्धानबाट खुल्न आएको छ।

२०७५ कात्तिक २८ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड