इमान्दार संवाददाता
७७ पटक

युएई । अल अहलिया एक्सचेन्जकाे विन्टर अफरकाे साप्ताहिक याेजनामा दुई नेपालीले सुन उपहार पाएका छन् ।

बुधबार गरिएकाे पहिलाे लक्की ड्र मा सप्तरीका बिजेन्द्र मन्डल र सिन्धुलीको मुलकोटका टिकाराम श्रेष्ठले १०-१० ग्राम सुन उपहार पाएकाे एक्सचेन्जका नेपाल प्रमुख वेनीमाधव ढकालले जानकारी दिए ।

एक्सचेन्जले नोवेम्वर ७ देखि जनवरी ६ तारिखसम्म आफ्ना ग्राहक लक्षित विन्टर प्रोमोसन योजना ल्याएकाे छ । यो प्रोमोसनमा सहभागी ग्राहकले २ केजीसम्म सुन जित्न सक्नेछन् ।

अल अहलिया एक्सचेन्ज युएईको कुनैपनि शाखाबाट आफ्नो देशमा पैसा पठाउने ग्राहकमध्ये एकजनाले मेघा पुरस्कारमा १ केजी सुन पाउनेछन्। यस्तै साप्ताहिक प्रोमोसनमा हरेक हप्ता ११ जनाले सुनको सिक्का पाउने सेन्चुरी रेमिटका युएई प्रमुख प्रकाश पौडेलले जानकारी दिए ।

मेघा प्रोमोसनमा सहभागी बिजेताको लक्की ड्र आगामी जनवरी ६ ताखिरमा खुल्नेछ । साप्ताहिक प्रोमोसनमा सहभागी १० जनाले १०/१० ग्राम र १ जनाले ५० ग्राम सुनको सिक्का पाउनेछन् ।

यो योजनामा सहभागी मध्ये ८८ जना लक्की ड्र मार्फत साप्ताहिक बिजेता बन्नेछन् । ८ हप्तासम्म चल्ने साप्ताहिक योजना नोवेम्वर ५ तारिखसम्म रहनेछ । यो अवधिमा एक्सचेन्जको युएईमा रहेका कुनैपनि शाखाबाट पैसा पठाउने ग्राहकको नाम स्वत लक्की ड्रमा जाने पौडेलले बताए ।

अल अहलिया एक्सचेन्जले हरेकवर्ष आफ्ना ग्राहक लक्षित विभिन्न योजना सार्वजनिक गर्दै आएको छ । अघिल्लो वर्षको समर सरप्राइज अफरमा इलाम सन्दकपुरका नरेन्द्र मगरले १ केजी सुन उपहार पारेका थिए ।

वैदेशिक रोजगारीमा कमाएको रकमलाई सुरक्षित र वैधानिक तरिकाले स्वदेशमा पठाउन एक्सचेन्जले हरेक वर्ष यस्ता योजना ल्याउने गरेको ढकालले बताए । यो योजनामा नेपालसहितका अन्य देशका नागरिक पनि सहभागी बन्न पाउनेछन् ।

२०७५ कात्तिक २८ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड