इमान्दार संवाददाता
२४ पटक

सुरुङ्गा। छठ पूजाका लागि मेची नदीको पूजा स्थल (घाट) तर्फ जाँदै गरेकी एक बालिकाको आज ट्र्याक्टरले किचेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा भद्रपुर नगरपालिका–५ पोखरीटोल निवासी राखी यादवकी ६ वर्षीया छोरी राशी यादव रहेको वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक प्रकाश जवेगूले जानकारी दिए ।

मेची नदीको किनारमा तयार गरिएको घाटमा पूजाका लागि मे१त ५२३२ नंको ट्र्याक्टरमा चढेर गइरहेको अवस्थामा त्यसबाट खसेको र सोही ट्र्याक्टरले किच्दा उनको मृत्यु भएको उनले जानकारी दिए ।

२०७५ कात्तिक २७ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड