इमान्दार संवाददाता
६४ पटक

कैलाली । मंगलबार सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रीबाट बर्खास्त गरिएका दिर्घ सोडारीलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आफ्नो पार्टीबाट समेत निष्काशन गरेको छ ।

बिहान मन्त्रीबाट हटाएर उनको ठाउँमा कृष्ण सुवेदीलाई नियुक्त गरेको नेकपा सुदूरपश्चिम प्रदेशले साझ बैठक बसेर सोडारीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासित गर्ने निर्णय गरेको हो ।

पदिय मर्यादा विपरित काम गरेको भन्दै मन्त्रीबाट हटाईएका सोडारीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरिएपछि नेकपा भित्र चरम गुटबन्दी हुन थालेको र उनि त्यसको शिकार भएको पार्टीका एक थरी नेताको भनाई छ ।

पदिय मर्यादा विपरित काम गरेको, उनको गाडीले मोटरसाइकललाई ठक्कर दिएको लगायतका कारण देखाइए पनि मन्त्री सोडारी पार्टीको आन्तरिक गुटबन्दीको शिकार बनेको पूर्व एमालेका एकथरी नेताहरुले बताएका छन् । उनलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा हटाइएको बताइएको छ ।

तत्कालिन एमाले कैलालीका अध्यक्ष समेत रहेका सोडारी वरिष्ठ नेता माधव नेपाल निकट हुन् । सुदूरपश्चिममा हाल प्रधानमन्त्री तथा तत्कालिन एमाले अध्यक्ष ओली निकट सस्थापन पक्ष बलियो छ ।

प्रदेश नम्बर ७ मा वरिष्ठ नेता नेपाल निटक सोडारी सहित प्रकाश शाह र माया भट्ट मन्त्री भएका थिए ।  नेपाल निकट तीन-तीन जनालाई मन्त्री बनाईएको भन्दै सुदूर पश्चिम प्रदेशका संस्थापन पक्ष सुरुदेखि असुन्तष्ट थिए ।

यसअघि नेकपा कैलालीको अध्यक्ष रहेका सोडारी कैलाली क्षेत्र नम्वर ४ को क वाट प्रदेश सभामा विजयी हुँदै सामाजिक विकास मन्त्री वनेका थिए । उनलाई  हटाएर कैलाली क्षेत्र नम्वर ४ को ख वाट विजयी कृष्णराज सुवेदीलाई सामाजिक विकास मन्त्रीमा नियुक्त गरिसकेको छ ।

२०७५ कात्तिक २७ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड