इमान्दार संवाददाता
२०० पटक

काठमाडौँ । बर्खास्तमा परेका सुदूरपश्मि प्रदेशका सामाजिक विकासमन्त्री दीर्घबहादुर सोडारीले प्रदेश सरकारले आफूलाई पदबाट हटाउनु कारण थाहा नभएको बताएका छन् ।

आफ्नाबारेमा संचारमाध्यमले प्रकाशन-प्रशारण गरेका बिषयमा पार्टीले आफुसँग कहिलै पनि छलफल नै नगरेको भन्दै मन्त्री सोडारीले आफूलाई हटाउनुको कारण केन्द्रीय अध्यक्ष र प्रदेश इन्चार्जलाई मात्र थाहा भएको समेत बताए ।

पदबाट बर्खास्त भएर पूर्वमन्त्री भइसकेका सोडारीले भने- “पार्टीले किन हटायो ? मलाई कुनै जानकारी छैन । त्यो केन्द्रीय अध्यक्ष र प्रदेश इन्चार्जलाई थाहा होला, उहाँहरुलाई नै सोध्नु होला ।”

पार्टीले मन्त्री पदबाट हटाए पनि आफुले हालसम्म पार्टीको निर्देशन कहिलै पनि उलंघन नगरेको र अनुशासित एवंम् नैतिकवान भएरै आफ्नो जिम्मेवारी पूरा गर्दै आएको सोडारीले बताए । तत्कालिन नेकपा एमालेको कैलाली जिल्ला अध्यक्ष समेत रहेका सोडारी कैलाली ४ ख बाट निर्वाचित सांसद हुन्। ।

(नेकपा)का सुदूरपश्चिम प्रदेश इन्चार्ज भीम रावलको निर्देशनमा मुख्यमन्त्री त्रिलोचन भट्टले मंगलबार सोडारीलाई पदबाट बर्खास्त गरेका थिए । उनको ठाउँमा अर्का सांसद कृष्ण सुवेदीलाई मन्त्री बनाइएको छ।

सुवेदीले मंगलबार अपरान्ह ४ बजे सपथ लिएका छन् । सोडारीमाथि पद अनुकल आचरण नगरेको र पार्टीको सुझावलाई बेवास्ता गरेको आरोप लागेको छ ।

यस्तै भाइटीकाको दिन मन्त्री सोडारीको गाडीले कैलालीको गौरीगंगा नगरपालिका ८ बडैपुरामा विपरित दिशाबाट आउँदै गरेको से ३ प २४२० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ठक्करबाट मोटरसाइकल चालक बडैपुरका स्थानीय २५ वर्षीय सुरेन्द्र चन्द र त्यसमा सवार २२ वर्षीय भरत बोहरा घाइते भएका थिए । गाडी सोडारी चढ्दै आएको भएपनि त्यतिबेला उनी भने सवार थिएनन् ।

२०७५ कात्तिक २७ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड