इमान्दार संवाददाता
११२ पटक

मोरङ । प्रेमीसँग मिलेर एक महिलाले आफ्नै श्रीमानको हत्या गरेको खुलेको छ । प्रेमीसँगको सम्बन्ध श्रीमानले थाहा पाएपछि मोरङको सुनवर्षी नगरपालिका ३ कि ३० बर्षकी फुलमुनी हेमरमले प्रेमी मदन मुर्मुसँग मिलेर ४५ बर्षका पति सोही हेमरमको हत्या गरेको अनुसन्धानबाट खुलेको ।

प्रहरीका अनुसार गत कात्तिक २४ गते दिनभरी झगडा गरेका श्रीमान श्रीमतीबीच साझ पनि झगडा भएपछि फुलामुनिका प्रेमी मदनले पति सोही हेमरमलाई घरबाट लगेर मदिरा सेवन गराएका थिए ।

मदिरा सेवन गरी राति मदनसँगै फर्किएका हेमरमलाई फुलमुनीले पिर्काले प्रहार गरेकी थिइन् । पिर्काले कन्चटमा लागेपछि लडेका उनलाई मदन र फुलमुनीले मिलेर हत्या गरेको अनुसन्धानका क्रममा खुलेको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक कविन्द्रकुमार कार्कीले जानकारी दिए ।

हत्या भएको खबर पाएपछि पुगेको प्रहरीले फुलमुनीलाई घरबाट नै पक्राउ गरेको थियो भने २६ बर्षका प्रेमी मदनलाई सुनबर्षी ३ अन्तरगत बक्राहा खोलाछेउमा लुकेर बसिरहेको अवस्थामा पक्राउ गरेको हो ।

प्रहरीका अनुसार कन्चटमा पिर्काले लागेपछि लडेका हेमरमको घाँटी मदनले तकियाले थिचेका थिए भने पत्नी फुलमुनीले खुट्टा समाएर हत्या गरेको स्वीकार गरेकी छन् ।

घरमा सुतेको व्यक्त्ति ओच्छ्यानमै मृत फेला परेको खबर आएपछि पुगेको प्रहरीले फुलमुनीलाई घरबाट नै नियन्त्रणमा लिएको थियो । सामान्य मजदुर परिवारका उनीहरु सधैं मदिरा सेवन गरी झगडा गर्ने गरेका थिए । उनको घरमा छिमेकीसमेत रहेका मदनको आउजाउ बाक्लो थियो ।

पक्राउ परेका दुबै जनाले हत्या गरेको स्वीकार गरेका छन् । प्रहरीले दुवैलाई कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत मोरङबाट सोमबार म्याद थप गरी अनुसन्धान सुरु गरेको छ ।

२०७५ कात्तिक २७ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड