इमान्दार संवाददाता
३० पटक

काठमाडाैं । नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा रमण नेपाल नियुक्त भएका छन् । आइतबार बसेको मन्त्रिपरिषद् बैंठकले नेपाललाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।

कोषको कार्यकारी निर्देशकमा ३ जनाको नाम सिफारिस गरिएको थियो । अर्थमन्त्रालयले गठन गरेको छनौट समितिले नेपासहित कपिल ज्ञवाली र शेषरमण आचार्यलाई सिफारिस गरेको थियो ।

सिफारिस भएका ३ जना मध्येबाट नेपाललाई मन्त्रिपरिषद् बैठकले कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । नेपाल राष्ट्र बैंकबाट सेवा निवृत भएका व्यक्ति हुन् ।

कोषका तत्कालीन कार्यकारी निर्देशक रामकृष्ण पोखरेलले पदबाट राजीनामा दिएपछि कार्यकारी निर्देशकको पद रिक्त थियो ।

२०७५ कात्तिक २६ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड