इमान्दार संवाददाता
१२९ पटक

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन विकासका लागि छनौट गरेका एक सय वटा नयाँ पर्यटकीय गन्तव्यमा सुदूरपश्चिम प्रदेशका १० वटा मात्रै परेका छन् ।

सुदूरपश्चिमका ९ जिल्लामा १० वटा नयाँ तथा विकास गर्नुपर्नेपर्यटकीय क्षेत्र छनौट गरिएको हो । यस्तै १० वटा स्थापित तथा प्रवद्धन गर्नुपर्ने पर्यटकीय क्षेत्र पनि छनौट गरिएको छ ।

कैलालीको घोडाघोडी ताल, टिकापुर सर्किट, भादागाउँ होम स्टेलाई स्थापित पर्यटकीय गन्तव्यमा राखिएको छ भने नयाँ बनाउन पर्नेमा बर्दगोरीया मन्दीर धामलाई राखिएको छ । यस्तै कञ्चनपुरमा दोधारा चाँदनी स्थापित भम्केनी धाम र बन्दा ताल क्षेत्रलाई नयाँ पर्यटकीय गन्तव्यमा राखिएको छ ।

डडेल्धुरामा अमरगढी र उग्रतारालाई नयाँ पर्यटकीय गन्तव्यमा राखिएको छ भने बैतडीमा त्रिपुरासुन्दरी स्थापितमा पर्दा शिद्धनाथ उदयदेव धार्मिक स्थल स्थापित हुन बाँकी पर्यटकीय क्षेत्रको सुचीमा अटाएको छ ।

दार्चुलामा अपी नाम्पा संरक्षण क्षेत्र स्थापित पर्यटकीय गन्तव्यमा राखिएको छ भने मालिकार्जुन स्थापित हुन बाँकीको सुचीमा छ । अछाममा रामारोशन स्थापितको सुचीमा परेको छ भने सुर्कोट मष्टादेवी मन्दीर स्थापित हुन बाँकी पर्यटकीय क्षेत्रमा राखिएको छ।डोटीमा खप्तड र शैलेश्वरी स्थापित पर्यटकीय क्षेत्रको सुचिमा पर्दा बडिकेदार धार्मिक क्षेत्र नयाँ र विकास गरिनुपर्ने पर्यटकीय क्षेत्रको सुचीमा छ ।

बझाङमा गोरखनाथ मन्दीर नयाँ पर्यटकीय गन्तव्यको सुचीमा परेको छ भने बाजुरामा बडिमालिका स्थापित र कोल्टी–बडिमालिका पदमार्ग विकास गरिनुपर्ने गन्तव्यमा परेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन बोर्ड, स्थानीय र प्रदेश सरकारबाट सिफारिस भएको र आवेदन परेको गन्तव्यको आधारमा नयाँ गन्तव्य छनोट गरेको जनाएको छ । सरकारले बजेटमार्फत नै नयाँ सय गन्तव्य छनोटका लागि ५० करोड रुपैयाँ विनियोजन गरेको थियो ।

२०७५ कात्तिक २६ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड