इमान्दार संवाददाता
१५४ पटक

अफगानिस्तान । अफगानिस्तानमा सुरक्षाकर्मी र लडाकुहरुबीच दोहोरो भिडन्त हुँदा १५ जनाको मृत्यु भएको छ । मृत्यु भएका मध्ये ३ जना सुरक्षाकर्मी र अन्य १२ जना लडाकू रहेको अधिकारीहरुले जनाएका छन् ।

तालिवान लडाकुहरुले बड्घीस प्रान्तस्थित क्याडिस जिल्लाको एक सुरक्षा चेक पोस्टमा हमला गरेपछि यो घटना भएको प्रान्तीय प्रहरी प्रमुख अब्दुल अजिज बिगले जानकारी दिएका छन् ।

सुरक्षाकर्मी र लडाकुबीचको दोहोरो गोली हानाहानमा परी आठ जना लडाकू र ११ जना सुरक्षाकर्मी घाइते भएका छन् । तर घटनाका बारेमा अहिलेसम्म प्रहरी वा तालिबान लडाकू कुनै पक्षले पनि कुनै प्रतिक्रिया दिएका छैनन् । सिन्ह्वा

२०७५ कात्तिक २४ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड