इमान्दार संवाददाता
१०६ पटक

काठमाडौं । नेपाली काँग्रेस निकट बिद्यार्थी संगठन नेविसंघले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाउनेलगायतका आन्दोलन घोषणा गरेको छ । नेविसंघले आफ्ना कार्यकर्ता पक्राउको विरोधमा आन्दोलनको घोषणा गरेको हो ।

प्रधानमन्त्री ओलीको तस्वीर विगारेर फेसबुकमा शेयर गरेको आरोपमा तपेश्वर उच्च माध्यामिक विद्यालय काभ्रेका नेविसंघ ईकाइ अध्यक्ष कृष्ण ढकाललाई प्रहरीले पक्राउ गरेपछि नेविसंघ आन्दोलनमा उत्रिएको हो ।

१६ वर्षीय ढकालले कुकुर तिहारको दिनमा कुकुरको टाउको जोडिएको प्रधानमन्त्रीको फेसबुक वालमा सेयर गरेका थिए । अन्जानमा फेसबुकमा आएको तस्वीर शेयर गरेको भनि माफी माग्दा समेत नछाडेको भन्दै नेवि संघले आन्दोलनको घोषणा गरेको छ ।

सरकारविरुद्ध आलोचना गर्दा अन्जानमा भएका कुरालाई समेत ठुलो इशु बनाउनु भनेको सरकार आफ्ना गल्तीलाई औल्याउदा सहन नसक्ने स्थितिमा पुगेको प्रमाणित भएको बताएका छन् ।

महरले जनताका दुःख र पीडामा साथ नदिने सरकारले आफ्ना गल्तीका बारेमा बोल्दा वा सांकेतिक रुपमा बिरोध जनाउँदा तानाशाही प्रवृति देखाएको आरोप लगाएका छन् ।

ढकाललाई रिहा गर्न माग गर्दै नेवि संघले कात्तिक २५ र २६ गते काभ्रेका सम्पूर्ण विद्यालय बन्द गर्ने, २६ गते ७७ वटै जिल्लामा प्रधानमन्त्रीको पुत्ला दहन गर्ने र २८ गते सबै जिल्ला सदरमुकाममा २ घण्टा चक्का जाम गर्ने लगायतका कार्यक्रम सार्वजनिक सार्वजनिक गरेको छ ।

२०७५ कात्तिक २४ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड