इमान्दार संवाददाता
१११ पटक

रामेछाप । केटीकाे विषयमा विवाद हुँदा रामेछाप मन्थलीमा ८ जनाकाे टाउकाे फुटेकाे छ। प्रहरीका अनुसार मन्थली नगरपालिका–७, भटौलीमा केटी भगाएको विषयमा दुई समूहबीच झडप हुँदा ८ जना घाइते भएका छन् ।

घाइते आठै जनाको अवस्था गम्भिर रहेको रामेछाप प्रहरीका प्रवक्ता शेख अदालतले बताए । उनका अनुसार सन्तोष माझी, पूर्णवहादुर माझी, समिर माझी, मिलन माझी, सन्तोष माझी र खेमवहादुर माझी, सोममाया माझी, चन्द्रमाया माझी घाइते भएका छन् ।

घाइते सबैलाई उपचारका लागि काठमाडौंस्थित नर्भिक अस्पताल पठाइएको प्रहरीले जनाएको छ । घाइते मध्ये धेरैको टाउकोमा चोट लागेको छ । प्रहरीले घटनामा संंलग्न ८ जनालाई पक्राउ गरेकाे ।

२०७५ कात्तिक २४ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड