इमान्दार संवाददाता
९९ पटक

धनगढी । कैलालीमा एक प्रदेश मन्त्रीको सवारीसाधन दुर्घटना भएको छ । सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री दीर्घबहादुर सोडारीको जीप कैलालीमा भएको हो ।

जिप दुर्घटनामा परी ३ जना घाइते भएका छन् । घाइते हुनेहरुमा जिपका चालक गोदावरी नगरपालिकाका धोजेन्द्र शाही, निजकै भान्जी नाता पर्ने दश वर्षीया आयुश्मा शाही र मोटरसाइकलका चालक गौरीगङ्गा नगरपालिकाका सुरेन्द्र चन्द घाइते भएका छन् ।

मन्त्री सोडारिको बा २ झ ३१२५ नं को स्कारपियो जिप र से ३ प २४२० नं को मोटरसाइकल पूर्व-पश्चिम राजमार्गअन्तर्गत कैलालीको बडैपुर सडक खण्डमा आपसमा ठोक्किएका हुन् । दुर्घटनाग्रस्त जीपमा मन्त्री भने सवार थिएनन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक हरिबहादुर ओलीले दिएको जानकारी अनुसार दुर्घटनाका गम्भीर घाइते चन्दलाई धनगढीको माया मेट्रो अस्पतालबाट थप उपचारका लागि काठमाडौँ रिफर गरिएको छ ।

२०७५ कात्तिक २४ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड