इमान्दार संवाददाता
१६ पटक

काठमाडौं । काठमाडौंको मूलपानीमा बुधबार दिउँसो बालिका बलात्कृत भएकी छिन् । मूलपानीको क्रिकेट मैदानमा खेलिरहेकी बालिका बलात्कृत भएको प्रहरीले जनाएको छ ।

बुधबार मध्यान्ह १२ बजे क्रिकेट मैदानको कम्पाउण्ड बनाउने मजदुरहरूले १२ वर्षीया बालिकालाई बलात्कार गरेको प्रहरीले जनाएको छ । कागेश्वरी मनहरा नगरपालिका वडा नम्बर ६ मा पर्ने क्रिकेट मैदानभित्र घुम्न आएका बेला बालिका बलात्कृत भएकी हुन्।

घटनामा संलग्नको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी होविन्द्र वोगटीले जानकारी दिए। पक्राउर पर्नेमा बर्दियाका नरेश चौधरी, बिक्कु थारु, डिल्लीराम थारु र धादिङका रविन इटनी रहेका छन् ।

२०७५ कात्तिक २२ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...