इमान्दार संवाददाता
६० पटक

काठमाडौँ । गत बर्ष बोक्सीको आरोपमा लगातार ५ घण्टासम्म राधा चौधरीमाथि कुटपिट भएको कैलालीमा उक्त घटना सेलाउन नपाउदै पुनः उही घटना दोहोरिएको छ ।

कैलालीको घोडाघोडी नगरपालिका-५ देउकलियाकी राधा चौधरीमाथि ‘बोक्सी’को आरोपमा फेरि कुटपिट भएको छ । राधालाई स्थानीय २८ वर्षीय कालीचरण चौधरीले बुधबार साँझ कुटपिट गरेका हुन् । उनलाई प्रहरीले पक्राउ गरिसकेको छ ।

राधाले दिएको किटानी जाहेरीपछि चौधरीलाई इलाका प्रहरी कार्यालय सुख्खडले पक्राउ गरिसकेको कैलालीका प्रहरी नायव उपरीक्षक हरि वलीले जानकारी दिए ।

पीडित राधाले दिएको बयान अनुसार रक्सीले मात्तिएका कालीचरणले पहिले राधालाई गाली गरेको र त्यसपछि कुटपिट गरेको प्रहरीको भनाई छ ।

कुटपिट गर्ने कालीचरणलाई मुकुली अपराध संहिंता २०७४ अन्तर्गत सजाय हुने प्रहरीले जनाएको छ । गत वर्ष फागुन २४ गते नारी दिवसका दिन स्थानीय भोलेबाबा भनेर चिनिने रामबहादुर चौधरीले बोक्सी भगाउने भन्दै राधा चौधरीलाई निर्घाट कुटपिट गरेका थिए ।

त्यो बेला प्रहरीले जाहेरी लिन नमानेको र मेयर पनि रमिते बनेको भन्दै चौतर्फी आलोचना भएको थियो । रामबहादुरसहित उनका सहयोगी दुईजना महिला अहिले पनि कैलाली कारागारमा सजाय भोगिरहेका छन् ।

२०७५ कात्तिक २२ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...