इमान्दार संवाददाता
८४ पटक

काठमाडौं । तिहारको २ दिन अघिको साझा काठमाडौँ निकै झिलिमिली देखिएको छ । यसै पनि तिहार, आँफैमा झिलिमिली अनि रमझमको पर्व हो। तिहारको समयमा गाउँ घरका लिपपोत गरेर कमेरो माटो र गेरुले रंग्याउने र शहरमा सिँगारेर चिटिक्क पार्ने गरिन्छ ।

सहरमा लक्ष्मी पुजाको दिन रंगोली बनाउने, घरको आगनदेखि भित्रसम्म दियो बालेर झिलिमिली पार्ने, आसपासका ठाँउ सरसफाई गरेर आफ्नो घर वरपर पनि चिटिक्क बनाउने चलन हुन्छ ।

शहरमा पटका पट्काएर राती अबेरसम्म रमाइलो गर्ने चलन पनि हुन्छ । आज तिहारको दोस्रो दिन सबै नेपालीले दिउँसो र साँझ लक्ष्मीलाई पुजेर बत्ति बालेर घर झिलिमिली पारिरहेका छन् । बाहिर हुलकाहुल देउसीभैलो खेल्नेहरुको जमघटले माहोल नै छुट्टै बनाइरहेको हुन्छ ।

लक्ष्मीपूजाको दिन दियो र बत्ती बालेर पूजाकोठाका साथै सिंगो घर नै उज्यालो बनाउने गरिन्छ । यसरीनै यतिखेर प्रत्ययेक नेपालीको घर आँगनमा झिलिमिली बत्ति बलेरहेका छन् । लक्ष्मी पूजाको साँझ काठमाडौँ झिलिमिलीले धपक्कै बलेको देखिएको छ ।

२०७५ कात्तिक २१ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...