इमान्दार संवाददाता
२०० पटक

काठमाडौं । कुख्यात चाल्स गुरुमुख शोभराजले बाँकी सजाय मिनाहाको माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिएका छन् ।

शोभराजले दायर गरेको रिटमा सर्वोच्चले सोमबार सरकार र कारागार व्यवस्थापन विभागसँग कारण माग गरेको छ । सुन्धारास्थित जगन्नाथ देवल कारागारबाटै शोभराजले सोमबार सर्वोच्चमा रिट निवेदन दायर गरेका हुन् ।

कर्तव्य ज्यानसम्बन्धी मुद्दामा शोभराजले १५ वर्ष कैद भुक्तान गरिसकेका छन् । २०३२ सालमा नेपाल आएका बेला दुई विदेशी नागरिकको हत्या भएको अभियोगमा उनलाई सर्वश्वसहित जन्म कैदको सजाय भएको थियो ।

सर्वोच्चको अन्तिम फैसला अनुसार २० वर्ष कैद भुक्तान गर्न उनले २०८० साल असोज १ गतेसम्म कारागारमै बस्नुपर्ने हुन्छ । कारागार नियमावली अनुसार ज्येष्ठ नागरिकले पाउने छुट सुविधामा अन्याय भएको दाबीसहित शोभराजले वन्दीप्रत्यक्षीकरण रिट दिएका हुन् ।

उनले आफले ७० वर्ष नाघेकाले बाँकी सजाय छुट पाउनुपर्ने माग गेका छन् ।

२०७५ कात्तिक २१ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...