इमान्दार संवाददाता
४६ पटक

एजेन्सी । अस्ट्रेलियाको विभिन्न राज्यहरूमा स्ट्रबेरीमा सियो पाइएपछि मानिसहरू त्रासित भएका छन् । त्यहाँका विभिन्न ६ वटा राज्यहरूमा बेच्न राखिएको स्ट्रबेरीभित्र सियो भेटिएको हो । यसलाई त्यहाँका एक जना मन्त्रीले ‘जघन्य अपराध’ भनेका छन् ।

स्ट्रबेरीसँगै सियो निलेपछि एक जना व्यक्तिलाई अस्पताल पुर्‍याइएको छ । न्यूजिल्याण्डका बिक्रेताले आयतित स्ट्रबेरीहरू बेच्न छाडेको जनाएका छन् ।

अष्ट्रेलियाका स्वास्थ्य मन्त्री ग्रग हन्टले खाद्य अधिकारीहरुलाई उक्त घटनाको अनुसन्धान गर्न निर्देशन दिएका छन् । ‘यो एउटा जघन्य अपराध हो । सर्वसाधारणमाथि सीधै आक्रमणको प्रयास हो’, उनले भने । स्थानीय अधिकारीहरुले घटनाको बारेमा अनुसन्धान गरेपनि हालसम्म कुनै शंकास्पद व्यक्तिहरु पक्राउ नपरेको जनाएको छ ।

यो घटना गतसाता क्वीन्सल्याण्डमा घटेको थियो । त्यसपछि न्यू साउथ वेल्स, भिक्टोरिया, दक्षिण अस्ट्रेलिया र तास्मनियामा फैलिएको थियो । उत्पादक र प्रहरीले केही घटना नक्कल गरेको समेत भएको उल्लेख गरेका छन् ।

क्वीन्सल्याण्ड राज्य सरकारले उक्त घटना बारे जानकारी दिनेलाई एक लाख अष्ट्रेलियन डलरले पुरस्कृत गर्ने जनाएको छ ।

गत बिहीबार क्वीन्सल्याण्डका स्ट्रबेरी उत्पादक संघले ‘असन्तुष्ट कर्मचारी’ले स्ट्रबेरीमा सियो घोचेको हुनसक्ने बताएको थियो । तर प्रहरीले उनीहरूको भनाइलाई पत्याएको छैन ।

हालसम्म स्ट्रबेरी बेच्ने विभिन्न ६ वटा ब्राण्डलाई छानबिनको दायरमा ल्याइएको छ । प्रहरीले बेरी ओपि ओवेशन, बेरी लिसियस, लब बेरी, डोनी ब्रकु बेरिज, डिलाइटफूल स्ट्रबेरिज र ओआसिस ब्राण्डमाथि अनुसन्धान गरिरहेको छ । यस्तै, स्वास्थ्य अधिकारीले स्ट्रबेरी काटेर मात्र खान सचेत गराएका छन् ।

स्ट्रबेरी उत्पादकहरुले उक्त घटनाको कारण व्यपारमा नकारत्मक असर पार्ने जनाएका छन् । अस्ट्रेलियमा वार्षिक एक सय ३० मिलियन अष्ट्रेलियन डलर बराबरको स्ट्रबेरी बिक्री हुन्छ । बीबीसी

२०७५ कात्तिक २० गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...