इमान्दार संवाददाता
८५ पटक

काठमाडौं । पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगितामा चितवन राइनोजलाई ३ विकेटले हराउँदै पोखरा पल्टनले उपाधि जितेको छ ।

पोखरा रंगशालामा मंगलबार भएको फाइनल भीडन्तमा राष्ट्रिय टोलीका कप्तान पारस खड्काको टिम चितवन राइनोजलाई ३ विकेटले हराउँदै शरद भेषावाकरको पोखरा पल्टनले उपाधि चुमेको हो ।

चितवनले दिएको १ सय ६१ रनको लक्ष्य पोखराले ४ बल बाँकी छँदै भेटाएको थियो । पोखराका लागि ओपनर रवी इन्दर सिंहले ५८ बलमा ९० रन हाने ।

यसअघि टस हारेर ब्याटिङमा निम्त्याइएको चितवनले ५ विकेटको क्षतिमा १६० बनाएको थियो । कप्तान पारसले ३७ बलमा ५१ रन बनाएका थिए ।

अर्का ब्याट्सम्यान सन्नी पटेलले २१ बलमा ४ छक्कासहित ४३ रन हानेका थिए । उपाधि चुमेसँग पोखरा पल्टनले २७ लाख रूपैयाँ हात पारेको छ भने उपविजेता चितवनले १० लाख पाएको छ ।

२०७५ कात्तिक २० गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...